सुशुष्पता
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • विचार

    सुशुष्पता

    विवि श्रेष्ठ

    १९ मंसिर २०७७, शुक्रबार

    घामको पारिलो तापले तर्पिएको ज्यान सँगै मानसिकतामा आएको ज्वारभाटले संसारै जित्ने आभास सधै नै भईदियो । गतिको त्यो चलायमान सँगै मानसिकतामा आएको त्यो जितको आभासलाई कैद गर्ने चाहना प्रवल रहेता पनि त्यसलाई नियन्त्रण गर्न नसक्ने परिपाटीले जीवनको उर्वर समयहरु व्यतित हुदै गए । सुर्योदयको त्यो शक्तिले दिएको सोच सुर्यको किरण सँगै धुमिल हुदै जाँदा सोच पनि वादल लागे जस्तै । निरन्तरताको यो कसिमा वग्न नसक्दा देखिएको त्यो ज्वारभाटले साच्चै नै जीवन पनि धर्मराउदै गईदियो । सोचको कसिमा पनि साँच्चै वातावरणीय प्रभावले महत्वपुर्ण भुमिका खेल्दोरहेछ । व्यतित गरेक पलले यो सवै सोच्न वाध्य वनाईदियो । यथार्थको कसिमा उभिएर सोध्न मन लाग्यो, जीवन कति सार्थक ? कुनै पनि कोण वाट सफलताको मापन भित्र नपर्ने आधारस्तम्भ नपाएपछि सोचको त्यो ढुलमुले विचारमा पनि विर्को लाग्दो रहेछ र जीवनको मुल्य र मान्यताको खोजीको विषय वन्दो रहेछ । यहि खोजीको अवशेषले दिन र रातको यो प्रहरलाई झकझकाईदियो । मन अस्थिर र चंचलको कारण वनिदियो ।


    फुल फुल्ने र ओईलाउने क्रम भईरहयो, नदिको वहाव घटवढ भएता पनि त्यसको निरन्तरता भईरहयो । प्रकृतिले मानव जीवनमा पनि धावाँ वोलिरहयो । आफनो नियमनमा वाधिरहयो । निरन्तरताको उपजमा देखिने उतारचढावका वीचमा खोजिने श्रेष्ठता हासिल गर्न सहज नहुने रहेछ । भागको भोग भने झै जीवन वहाउने विकल्पहीन यात्रामा होमिनुपर्ने निशर्त होमिनुपर्नेमा फरकपनको आभास खोज्नुभएको शुशुप्ततामा रमाउने अभिष्ठ भन्दा पृथक रहेनछ ।


    भौतिक पदार्थको घर्षणमा आउने कम्पनले पनि आफनो उपस्थितीको आभास पाएपछि जीवन पनि उथुलपुथुल वनिदियो । क्रियात्मक प्रतिक्रियात्मक उपज खोज्ने सोचमा देखिएको विविधताले साँच्चै जीवनमा धेरै प्रश्नहरु सोधिदियो, जीवन क्रियात्मक र प्रतिक्रियात्मक कुनै पलमा देखियो कि देखिएन ? वहने हावाको स्वभाविक क्रियात्मकता र त्यसले दिने प्रतिक्रियालाई खोज्ने दुस्साहसका वीचमा जीवनका उपलव्धी खोज्ने सोचले साँच्चै वाँच्न दिदैन रहेछ, मानसिकतामा देखिएको कम्पन यसैको उपज नै हो । विषयवस्तु र वातावरण फरक हुन सक्दछ, सारमा प्रश्न यहि वनिदियो । यहि अमुक प्रश्नको जंजालमा फसेको जीवन असहज वनिदियो । उम्कन नसक्ने यो परिधिको जंजालमा फस्ने निश्चित हुदाँहुदै प्रश्न सोध्ने आँटले जीवन थप जटिल वनिदियो । समाधानमा हैन समस्यामा जीवन खोज्ने धृष्टताले मस्तिष्कका शिरालाई उथुलपुथुल वनाईदियो ।


    चकमन्नताको त्यो शुन्यतामा समेत निरन्तरताको प्रतिविम्व राज गरिरहेको हुँदोरहेछ । विन्दुत्वको महत्व अलौकिक रहेछ । कहिल्यै नरोकिने घटामा प्रक्रियालाई नै रोक्ने दुस्साहस निरन्तर भएपछि स्वत पछि परिने अवस्था नै समान्य रहेछ । यहि समान्यतालाई आत्मासात गर्नेहरु खुशी देखिए, जुन असंख्य रहे । जसले सामान्यतालाई आत्मासात गर्न सकेन, पृथकता खोज्ने नाममा कलंक र पागल ठहरिए । पृष्ठभुमिको ज्ञान पनि स्वभाविकतामा खोज्नुपर्ने रहेछ, अस्वभाविकता र प्रतिकुल अवस्था एवं वातावरणमा खोज्ने दुस्साहस भनेको मुर्खता रहेछ, त्यहि मुर्खतामा वाँच्न किन यति धेरै प्रयासरत वने होला ? अनुत्तरित प्रश्नहरुले जीवन नै ढाकिदियो ।


    कर्म र क्रिया निरन्तरताको उपज सहज हुदोँ रहेछ, त्यस भन्दा पृथकतामा वग्ने सोच भनेको असमान्य हो रहेछ । भौतिकता र मानवता धर्तिका एउटा अंश मात्र रहेछ । त्यहि अंशलाई सर्वश्व सोच्ने मानसिकताले जीवन नै गाँजेको हुदाँेरहेछ । त्यहि चेतनाका अचेतन संस्कृतिलाई विविधिकरण गर्न नसक्नु भनेको मानवको सवैभन्दा ठुलो कमजोरी रहेछ, त्यहि कमजोरीतालाई नै सफलता ठानेर हामीहरु श्रेष्ठता उपलव्ध पाउने होडमा दौडिरहेका रहेछौ ।
    निर्जिवताको समेत अस्तित्व हुन्छ भन्ने मानसिकताले गाँजेको यो मानसपटलमा सजिवतामा अस्तित्व खोज्ने धृष्टता अस्वभाविक हैन । तर त्यो प्राप्त गर्न नसक्ने परिणाममा पछि लाग्दा आईपर्ने समस्या वायुको गति भन्दा अविरल हुन्छ भन्ने जान्दा जान्दै किन यो मस्तिष्कवाट हटेन ? प्रश्नको जवाफविहिनतामा यो सोच घोत्लिएर जीवन रित्तिन परेपनि हट्ला जस्तो कदापी लागेन !