१२ कक्षा दिएका बिद्यार्थीलाई निशुल्क आइटि ब्रिज कोर्स : उत्कृष्टलाई बिआइटी पढ्न छात्रवृत्ति पनि
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    १२ कक्षा दिएका बिद्यार्थीलाई निशुल्क आइटि ब्रिज कोर्स : उत्कृष्टलाई बिआइटी पढ्न छात्रवृत्ति पनि

    खबरपुञ्ज संवाददाता

    २० मंसिर २०७७, आईतवार

    काठमाडौ : डिजी स्कुलले निशुल्क आइटि ब्रिज कोर्स सुरु गरेको छ । ११ र १२ को परिक्षा दिएर बसेका विद्यार्थीलाई लक्षित गरि यो कोर्स सञ्चालन गरिएको डिजी स्कुलका अध्यक्ष बिज्ञान श्रेष्ठले बताउनुभयो ।

    निशुल्क ब्रिज कोर्स लिनका लागि विद्यार्थीहरुले डिजी स्कुलमा सम्पर्क गरी सहभागी हुन सक्नेछन् । विद्यार्थीले अनलाइन मार्फत कक्षा लिन सक्नेछन् ।

    दुई महिना अवधिमा सकिने ब्रिज कोर्समा राम्रो पढ्ने
    १० जनाले विद्यार्थीले डिजी स्कुलको पार्टनर कलेज (सफ्ट्वेरिका कलेज र सनवे कलेज)मा ५० प्रतिशत छात्रवृत्ति पाउने बताइएको छ। त्यस्तै बाँकी विद्यार्थीले २० देखि ३० प्रतिशतसम्म स्कलरसिप पाउनेछन् ।

    डिजी स्कुलले आफ्नो वेबसाईट (digischoolglobal.com)मा आइटि ब्रिज कोर्सका भिडियोहरु बनाई राखेको छ । विद्यार्थीले लगइन गरी भिडियो अध्ययन गरी इमेल मार्फत चौबिसै घण्टा आफुले नबुझेका प्रश्नहरु गर्न पाउनेछन् भने सातामा एक दिन लाइभ कक्षाको व्यवस्था गरिएको छ ।

    आइटि कोर्स अन्तर्गत पाइथन, जाभा, एचटिएमएल, सिएसएस पढ्न पाउनेछन् ।

    के हो डिजी स्कुल?

    बेलायत सरकार मातहत दर्ता भइ बिद्यालय र उच्च शिक्षा सम्बन्धि पठ्यक्रम निर्माण गर्ने एन सि सि एजुकेसनले तयार गरेको डिजी प्रोग्रामलाई नेपालमा “डिजी स्कुल” नाम दिइएको छ । यसलाई सफ्ट्वेरिका कलेज र सन वे कलेजको रणनीतिक साझेदारीमा यो कोर्स नेपालमा भित्र्याएको हो ।

    एस इ इ सकेर कम्प्युटर सिक्न जाने प्रचलन रहेको हाम्रो परिवेशमा “डिजी स्कुल” पढ्ने बिद्यार्थीले स्कुले समयमै जाभा, पाइथन, सिउडोकोड, स्क्रयाच, डाटा साइन्स, साइबर सेक्युरिटी, फोटो भिडियो सम्पादन, कम्प्युटर हार्ड्वयर/मर्मत लगएत बिषय सिक्ने छ्न साथै आफै सफ्ट्वेर निर्माण गर्ने दक्षता राख्ने छन्।

    “डिजी स्कुल” सन्चालन गर्न चाहने कुनै पनि स्कुलले डिजी स्कुलसँग सम्पर्क गरि अध्यापन सुरु गर्न सक्छन् भने विद्यार्थीले घरैबाट digischoolglobal.com मा लग इन गरि आफैले पनि पढ्न सक्छन्।

    नेपालका स्कुले बिद्यार्थीले पनि अन्तर्राष्ट्रिय स्तरको कम्प्युटर शिक्षा पाउन भन्ने उद्देश्यले डिजी स्कुल नेपालमा ल्याएको हो ।आइ जि सि एस इ (इन्टरनेसनल जनरल सर्टिफिकेट अफ सेकेण्डरि एजुकेसन)ले समेत “डिजी प्रोग्राम” लाई मान्यता दिएको छ।

    सामयिक परिवर्तन सगै बिश्व ‘डिजिटल वर्ड’ मा प्रवेश गरिरहँदा नेपालमा पनि प्राबिधिक क्रान्तिको जरुरी भएको सफ्ट्वेरिका कलेजका अध्यक्ष बिज्ञान श्रेष्ठले बताउनुभयो । “२/३ दशक अगाडि अङ्ग्रेजी पढ्न बोर्डिङ स्कुलको लहर आयो” श्रेष्ठले भन्नुभयो “अब भने स्कुल देखि नै प्राबिधिक शिक्षाको लहर आउनु जरुरी छ । यहि कुराले हामीलाई “डिजी स्कुल” सुरु गर्न हौस्यायो ।”