घुस सहित कार्यालय प्रमुख पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    घुस सहित कार्यालय प्रमुख पक्राउ

    खबरपुञ्ज संवाददाता

    २२ मंसिर २०७७, मंगलवार

    तनहुँ : सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा नेपाल विद्युत प्राधिकरण आँबुखैरेनी प्रशाखाका प्रमुख कृष्ण आले पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराबाट खटिएको टोलीले आलेलाई मङ्गलबार घुसरकम सहित पक्राउ गरेको हो ।

    आयोग पोखराका प्रवक्ता मेघनाथ रिजालले आलेलाई कार्यालयबाटै रु पाँच हजार सहित पक्राउ गरिएको जानकारी दिनुभयो । सोमबार एउटा सवारीले आँबुखैरेनीस्थित सडक छेउमा बिजुलीको पोललाई ठक्कर दिएको र सोही मर्मत बापत आलेले थप रकम मागेको अख्तियारले जनाएको छ । रिजालले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।