जुलुस प्रदर्शन गर्न छुट, धार्मिक संस्थामा भने प्रतिबन्ध !
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    जुलुस प्रदर्शन गर्न छुट, धार्मिक संस्थामा भने प्रतिबन्ध !

    खबरपुञ्ज संवाददाता

    २५ मंसिर २०७७, शुक्रबार

    तनहुँ : शुक्रबार मात्रै तनहुँ सदरमुकाम दमौलीमा राजतन्त्र पुनस्थापनाको माग गर्दै मोटरसाइकल र्याली गरियो । प्रदर्शनमा जिल्लाका विभिन्न ठाउँबाट युवाको सहभागिता रह्यो ।

    कोरोना जोखिम कायमै रहेपनि उक्त प्रदर्शनले दमौली कोरोनामुक्त भएको आभाष दिलायो । भेला, प्रदर्शन गर्न रोक नलगाएको प्रशासनले शुक्रबार सॉझ नै विज्ञप्ती निकालेर सतबीज छर्ने दिन धार्मिक संस्थामा जम्मा हुन बन्देज लगाएको छ ।

    प्रशासकीय अधिकृत राममणि मिश्रद्वारा जारी विज्ञप्तीमा मङ्सिर २८ गते सतबीज छर्न अघिल्लो दिनदेखि नै भक्तजनको उल्लेख्य उपस्थिति रहने शिवालयमा जम्मा नहुन आग्रह गरिएको छ । कोरोना जोखिम कायम रहेकाले सनातनदेखि चल्दै आएको उक्त धार्मिक कार्य घर-घरमा गर्न विज्ञप्तीमा जनाइएको छ ।

    प्रशासनको अनुरोधलाई अटेर गरे कानून बमोजिम कारवाही हुने विज्ञप्तीमा उल्लेख गरिएको छ ।