ओली पक्षको निर्णय– महाधिवेशन २०७८ मंसिरमा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    ओली पक्षको निर्णय– महाधिवेशन २०७८ मंसिरमा

    खबरपुञ्ज संवाददाता

    ६ पुष २०७७, मंगलवार

    काठमाडौं : प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टीको महाधिवेशन २०७८ मंसिर २ गतेदेखि ७ गतेसम्म गर्ने प्रस्ताव केन्द्रीय कमिटी बैठकमा राखेका छन् । बैठकले ओलीको प्रस्ताव अनुमोदन गरेको केन्द्रीय सदस्य माधव ढुंगेलले जानकारी दिनुभयाे ।

    आजकै बैठकले ११ सय ९९ सदस्यीय केन्द्रीय महाधिवेशन आयोजक कमिटी गठन गरिसकेको छ । यसअघि नेकपाको महाधिवेशन यही वर्षको चैतमा गर्ने निर्णय गरेको थियो ।

    प्रदीप ज्ञवाली प्रवक्ता

    सत्तारुढ नेकपाको बालुवाटारमा बसेकाे प्रधानमन्त्री केपी ओली पक्षधर केन्द्रीय कमिटी बैठकले पार्टीको प्रवक्ताबाट नारायणकाजी श्रेष्ठलाई हटाएको छ । अब नेकपाको प्रवक्ता प्रदीप ज्ञवाली ताेकिनुभएकाे छ ।

    पार्टीको निर्णित मान्यता व्यक्त गर्न नसकेकोले नारायणकाजी श्रेष्ठलाई प्रवक्ताको जिम्मेवारीबाट मुक्त गर्दै प्रदीप ज्ञवालीलाई प्रवक्ता तोकेको बैठकको निर्णयमा उल्लेख छ । बैठकले महासचिव विष्णु पौडेलले पेश गरेको विधान संशोधन प्रस्ताव पारित गर्दै ११ सय ९९ सदस्यीय केन्द्रीय कमिटी अनुमोदन गरेको छ ।