राजमार्गमा ट्राफिक सङ्केत सामग्री
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    राजमार्गमा ट्राफिक सङ्केत सामग्री

    खबरपुञ्ज संवाददाता

    ७ पुष २०७७, बुधबार

    तनहुँ : पृथ्वीराजमार्ग अन्तरगत तनहुँको दमौलीस्थित मुख्यचोकमा ट्राफिक सङ्केत सामग्री राखिएको छ । प्रभु बैङ्क दमौली शाखाले उपलब्ध गराएको दश थान ट्राफिक सामग्री भोर्लेटारचोक आसपासमा राखिएको हो ।

    व्यास-३ का वडाध्यक्ष प्रेमकुमार श्रेष्ठ र जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख रेशम रानाभाटले बुधबार भोर्लेटारचोकमा उक्त सामग्री राख्नुभएको छ । ट्राफिक सङ्केत सामग्रीले दुर्घटना न्यूनीकरणमा सहयोग पुर्याउने वडाध्यक्ष श्रेष्ठले विश्वास व्यक्त गर्नुभयो ।

    ट्राफिक प्रमुख रानाभाटले दमौली बजारलाई ‘नो हर्न : नो ओभरटेक’ घोषणा गरिसकिएकाले ट्राफिक सङ्केतले त्यसको कार्यान्वयनमा सहयोग पुग्ने बताउनुभयो । तनहुँ उद्योग वाणिज्य सङ्घ दमौली बजार इकाई र ट्राफिकको सक्रियतामा दमौलीलाई ‘नो हर्न : नो ओभरटेक’ क्षेत्र घोषणा गरिएको थियो ।

    हर्न बजाउनेलाई अब कारवाही’

    हर्न बजाउने सवारी चालकलाई अब प्रहरीले कारवाही गर्ने भएको छ । यसबीचमा सचेतनामूलक कार्यक्रम मात्रै गरिएपनि अब कारवाही प्रकृया अगाडी बढाउने ट्राफिक प्रमुख रानाभाटले जानकारी दिनुभयो ।

    “बिहीबारदेखि हर्न बजाउनेलाई कारवाही गर्छौ,” रानाभाटले भन्नुभयो, “ओभरटेक गर्ने पनि कारवाहीमा पर्छन् ।”