तनहुँ : पृथ्वीराजमार्ग अन्तर्गत तनहुँ खण्डमा बिहीबार भएका दुई दुर्घटनामा तीन जना घाइते भएका छन् । आँबुखैरेनी गाउँपालिका–१ बरादी र शुक्लागण्डकी नगरपालिका–५ ब्राइटचोकमा भएको दुर्घटनामा परी तीन जना घाइते भएको प्रहरीले जनाएको छ ।
ग ८ प ८४७५ नं को मोटरसाइकल र ग ३ त ५६४४ नं को ट्याक्टर बरादीमा ठक्कर खाँदा मोटरसाइकल चालक व्यास–३ बस्ने ४१ वर्षीय कृष्ण गजमेर र पछाडि सवार ३४ वर्षीय देव घाइते भएका छन् । घाइतेद्वयलाई काठमाडौ पठाइएको छ ।
शुक्लागण्डकी–५ ब्राइचोटकमा खैरेनीटारबाट दुलेगौडातर्फ जाँदै गरेको ग १५ प ९१०४ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पाँच वर्षीया अनिषा भुजेल घाइते भएकी छन् । उनलाई जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्र पठाइएको छ ।