काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का पुष्पकमल दाहाल प्रचण्ड- माधव नेपाल समूहले सडक संघर्षलाई सशक्त बनाउँदै छ। प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेसँगै यो कदम असंवैधानिक भन्दै प्रचण्ड माधव पक्ष सडक संघर्षमा उत्रेको हो।
यसैको विरोधमा यो समूहले आज देशभर प्रदर्शन गर्दैछ। वागमती प्रदेशको आन्दोलनलाई काठमाडौंमा केन्द्रित गरिने छ। राजधानीको भृकुटीमण्डपमा आमसभा हुने तयारी छ। भृकुटीमण्डपमा हुने आमसभालाई प्रचण्ड-नेपालसँगै सचिवालय सदस्यले सम्बोधन गर्नेछन्। काठमाडौंमा हुने सभामा उपत्यका भित्रका विभिन्न स्थानीय तहबाट जुलुस निकाल्ने तयारी छ।