चीनमा पनि भेटियो कोरोना भाइरसको नयाँ प्रकार !
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • विदेश

    चीनमा पनि भेटियो कोरोना भाइरसको नयाँ प्रकार !

    खबरपुञ्ज संवाददाता

    १६ पुष २०७७, शुक्रबार

    एजेन्सी: चीनमा पनि कोरोना भाइरसको नयाँ संक्रमित भेटिएको छ । कोरोना भाइरसको सुरुवात एक वर्ष अगाडी चीनबाट नै भएको थियो । चीनबाट नै विश्वभर कोरोना फैलिएको हो । 

    तर कोरोना भाइरसको नयाँ प्रकारका संक्रमित अहिलेसम्म धेरै बेलायतमा देखिएको छ । रोटर्सका अनुसार चीनमा कोरोना भाइरसको नयाँ प्रकार देखिएको पुष्टि चाइनिज सेन्टर फर डिजिटल कन्ट्रोल एन्ड प्रिभेशन पब्लिकेशनले गरेको हो । 

    कोरोनाको नयाँ भाइरस फैलनबाट रोक्नको लागि विश्वका धेरै देशहरुलाई आवाजजावतमा बेलायतले प्रतिबन्ध लगाएको छ । यो नयाँ प्रकारको भाइरस पहिलाको भाइरसको तुलनामा ४० देखि ७० प्रतिशत छिटो फैलिरहेको अनुसन्धाले जनाएको छ ।