तनहुँबाट ९ जना सडक मानवको उद्धार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँबाट ९ जना सडक मानवको उद्धार

    खबरपुञ्ज संवाददाता

    १७ पुष २०७७, शनिबार

    तनहुँ : सडकमा कष्टकर जीवन बिताइरहेका ९ जनाको तनहुँबाट उद्धार गरिएको छ । जिल्लाको व्यास नगरपालिकाबाट ५ जना र शुक्लागण्डकी नगरपालिकाबाट ४ जना सडक मानवको मानव सेवा आश्रम कास्की शाखाले उद्धार गरेको हो ।

    स्थानीय तह र डिसु नेपालको सहयोगमा आश्रमले शुक्रबार व्यास र शनिबार शुक्लागण्डकीबाट उद्धार गरेको जनाएको छ । यतिबेला सडक मानवमुक्त बनाउन मानव सेवा आश्रमले मेची महाकाली उद्धार अभियान चलाएको अभियन्ता राजन सापकोटा बताउनुहुन्छ ।

    यो अभियान पुस ७ गते सुरु भएको थियो भने माघ ७ मा सकिनेछ । सापकोटाका अनुसार गण्डकीमा पनि साहाराविहिन सडक मानवको उद्धार अभियान जारी छ । “खाना, नाना र छानाको अभावमा तड्पिरहेकालाई उद्धार गरिरहेका छौँ,” उहाँले भन्नुभयाे । कास्कीकाे छाेरेपाटनमा रहेको मानव सेवा आश्रममा हाल १ सय २८ जनाले आश्रय पाएका छन् ।