भारतीय मिडियासँग ओली : प्रचण्डका गतिविधि अप्रजातान्त्रिक छन्
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    भारतीय मिडियासँग ओली : प्रचण्डका गतिविधि अप्रजातान्त्रिक छन्

    खबरपुञ्ज संवाददाता

    २७ पुष २०७७, मंगलवार

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०२१ लाई नेपाल र भारतको विचमा रहेका सबै समस्याहरु हल भएको वर्षको रुपमा घोषणा गरिने बताउनुभएकाे छ । भारतीय टेलिभिजन जी न्यूजलाई दिएको अन्तरवार्तामा प्रधानमन्त्री ओलीले चीनसँग सीमा सम्बन्धी कुनै पनि विवाद नरहेको र भारतसँग भने सानो समस्या रहेको र सन् २०२१ मा त्यो पनि समाधान हुने दावी गर्नुभयाे ।

    प्रधानमन्त्री ओलीले भन्नुभयाे ‘सन् २०२१ लाई नेपाल र भारतको विचमा कुनै पनि समस्या नरहेको वर्षको रुपमा घोषणा गरिने छ ।’ उनले अगाडि भनेका छन्, ‘स्पष्ट रुपमा भन्दा चीन र भारतसँग कुनै पनि खालका समस्याहरु रहेका छैनन् । भारतसँग एउटा सानो समस्या (कालापानी) रहेको छ ।’

    भारतसँगको सीमा समस्याको सम्बन्धमा प्रधानमन्त्री ओलीले सुगौली सन्धिपछि कालापानी, लिपुलेक र लिम्पियाधुरा १४६ वर्षसम्म नेपालको नियन्त्रणमा रहेको सन् १९६२ मा भारतीय सेना त्यहाँ बसेपछि नेपालको प्रयोगमा ती भूमि नरहेको समेत उल्लेख गर्नुभएकाे छ ।

    प्रचण्डको आलोचना

    यस अगाडि देशको आन्तरिक मामिलाका सम्बन्धमा नेताहरुले भारतीय सन्चारमाध्यमसँग बोल्ने गरेको भन्दै त्यसमा आपत्ती जनाउने गरेका प्रधानमन्त्री ओलीले भारतीय मिडियासँग भने आफ्नै पार्टीका नेताहरुबारे नकारात्मक टिप्पणी गर्नुभएकाे छ ।

    अन्तरवार्ताको क्रममा प्रधानमन्त्री ओलीले देशको आन्तरिक राजनीतिको बारेमा पनि टिप्पणी गर्नुभयाे । अन्तर्वार्तामा उहाँले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई अस्थीर चरित्र भएको नेता भन्नुभयाे । प्रचण्डसँगको तपाईंको सम्बन्ध कस्तो छ भनि सोधिएको प्रश्नमा ओलीले भन्नुभयाे, ‘धेरै राम्रो प्रश्न गर्नु भएको छ । तपाईंले पुष्पकमल दाहाललाई चिन्नु हुन्छ, उनको पृष्ठभूमि, उनको इतिहास तपाईंलाई थाहा छ । उनका गतिविधिहरु वास्तवमा नै प्रजातान्त्रिक छैनन् ।’ उनले प्रचण्ड र माधव कुमार नेपालका पछिल्ला गतिविधिहरुले अचम्मित भएको समेत बताउनुभयाे ।

    स्राेत : अनलाइन खबर