यी हुन् अदुवा चियाका फाइदा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • स्वास्थ्य

    यी हुन् अदुवा चियाका फाइदा

    खबरपुञ्ज संवाददाता

    १० माघ २०७७, आईतवार

    एजेन्सी : जब दिनको शुरुवात एक कप चियाबाट गर्ने बानी परेको छ भने तपाईको लागि अदुवा चिया निकै फाइदाजनक हुनेछ । अदुवा हालेको चिया स्वादका साथ स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ ।

    अदुवाको चिया पिउँदा पाचक क्रियामा सुधार आउनेछ । धेरै खाना खादा अदुवाले पचाउन सहायता गर्छ ।अदुवाको चियाले पेटको समस्या समेत कम हुन्छ । पेटमा भएको जलनसमेत हट्छ ।

    यसमा भएको भिटामिन, मिनरल्स तथा अमिनो एसिडले रगत प्रवाहलाई राम्रो बनाउँछ ।अदुवाको चियाले शरीरको सवै विकारलाई बाहिर निकाल्छ भने छाला समेत सफा हुन्छ भने अनुहारमा समेत चमक आउँछ ।

    मानसिक तनावलाई कमी गर्न पनि अदुवा चियाले फाइदा पुग्छ ।

    महिलामा मासिक धर्मको समस्या छ भने अदुवाका चिया पिउदा त्यसले फाइदा पुग्छ ।

    अदुवाको चियामा कागती मिसाएर पिउँदा शरीरको वजनसमेत कम हुन्छ ।