आदिवासी जनजाति अल्पसंख्यक दरै जाति अवसरको खोजीमा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • विचार

    आदिवासी जनजाति अल्पसंख्यक दरै जाति अवसरको खोजीमा

    बसन्त दरै

    ७ चैत्र २०७७, आईतवार

    सामान्यतया छालाको रङ कालो भएका दरैहरु हेर्दा तराईमा बसोबास गर्ने थारु जस्ता देखिन्छन् । औसत उचाई कम, जुँगादारी ज्यादै कम आउने अपेक्षित रुपमा थेप्चो नाक जस्ता वंशाणुगत विशेषताले गर्दा दरैहरुको मंगोलियन जातिसँग सामीप्य रहेको प्रतीत हुन्छ । दरै जातिलाई अंग्रेजीमा Darai र दराई पनि भन्ने गरिन्छ । प्राय एकान्त मनपराउने र अन्य जातिसँग घुलमिल गर्न तथा छलफलमा सहभागी हुन इच्छा नराख्ने दरैहरु आजको समयको मागसँगै शिक्षा र पेशामा अग्रसर रहेका पाइन्छ ।

    आफ्नै भाषा भेषभुषा र संस्कृति र रहनसहन रहेको आदिवासी जनजाति अल्पसंख्यक दरै जातिहरुको अधिकांश वस्तीहरु नदिकिनारमा अवस्थित देखिन्छन । धादिङ जिल्लाको सल्यानटारका दराई वस्तीहरु आँवुखोला र बूढीगण्डकीको बीचमा, गोरखाको आरुटार र महादेवटारका बस्ती बुढीगण्डकीको छेउछाउमा छन भने देउराली छेपेटार, मस्र्याङदी र दरौदी नदिको अगलबगलमा अवस्थित छन् । तनहँुका प्राय धेरै दरै वस्तीहरु सेती र मादी नदिका छेउछाउमा रहेका छन् भने कालीगण्डकीको किनारमा अवस्थित नवलपरासी, पाल्पा र तनहुँ दुवैतर्पm बसोबास गरेको वस्तीहरु रहेका छन् । त्यसैगरि चितवन र नवलपरासीका अधिकाशं बस्तीहरु नारायणी राप्तीजस्ता ठूला नदिका आसपासमा भेटिन्छन् । दरै वस्तीहरु ठूलाठूला समतल मैदानमा मात्र पैmलिएका नभई विशेष गरि पहाडी जिल्ला तनहूँ, पाल्पा, गोरखा र धादिङका वस्तीहरु वेशी र डाँडाको खोचहरुमा रहेको पाइन्छ ।

    दरै जातिको भौगोलिक बसोबासले पनि उर्वर जमिनमा रहेको हुदाँ पेशाको रुपमा परम्परागत कृषिलाई नै अगालेको पाइन्छ यस बाहेक केहि दराई खास गरेर युवकहरु आजकल अन्य पेशाको अवसरको खोजीमा लागेको पाइन्छ । तथापी घरमा बस्ने वयस्क महिला तथा पुरुषहरु खेतीपातीमा नै निर्भर रहदैँ आएपनि यस पेशाले अधिकांश दरैहरुको जीविकोपार्जन गर्न धौ–धौ अवस्थामा पुगेपछि दरै युवकहरु नयाँनयाँ कामको खोजीमा लाग्न थालेका छन् । जनसंख्याकाृे वृद्धि तथा जग्गाको खण्डिकरणले गर्दा खेती गर्ने जग्गा कम हुनु, गाउँघरमा समेत कृषिजन्य उत्पादनबाट मात्र जिविकोपार्जन कठिन हुदैँ गएको अवस्थामा साथै सञ्चार र यातायातको सुविधाले उनीहरु एकाङ्की पछौटेपनलाई हटाउदैँ नयाँनयाँ कामको खोजीमा यत्रतत्र लाग्ने क्रम पनि बढ्दै छ । आफ्नो वरिपरि खुलेका उद्योगहरुमा काम गर्ने तथा विदेश समेत कामको खोजीमा हिड्ने दराईहरुको संख्या पनि वृद्धि भइरहेको अवस्थामा बयस्क दरै जातिहरु स्वरोजगार तर्पm उन्मुख हुदै उद्योग वाणिज्य संघमा आवद्ध भई व्यापार व्यवसाय अगाल्नेको सख्या पनि निकै वृद्धि हुदै गएको पाइन्छ । दरै जातिको आजको यो अवस्थालाई नियाल्दा दरै जातिहरु भारतिय र नेपाली सेना, प्रहरीमा काम गर्ने अनि अरबतिर जाने दराईहरुको संख्या पनि उल्लेखनीय रहेको छ । त्यसैगरि पढेलेखेका दराईहरु शिक्षण पेशामा धेरै देखिन्छन् यसको अतिरिक्त सरकारी सेवामा काम गर्ने दराईहरुको सख्या पनि बढ्दै छ । त्यस्तै राजनैतिक क्षेत्रमा पनि दरैजतिहरुको संख्या बढ्दो रहेको छ ।

    सरल र संकुचित स्वभावका कुनै विषयमा अरुसंग चासो राखेर कुरा गर्न नचाहने, धेरै मानिस जम्मा भएको ठाउँमा आफ्नो तर्क राख्ने बानी नहुने, अरुसँग डराईडराई हिड्ने तथा शान्त स्वाभाव भएका कारण एकान्तमा बस्न रुचाउने यि अल्पसंख्यक आदिवासी जनजातिहरुको शहरिकरण तथा आधुनिकिकरणको प्रभाव साथै जनसंख्याको चापले दराईहरुको रहनसहन, लवाईखवाई समष्टिमा आर्थिक, सामाजिक र सांस्कृतिक हिसावले हिजो भन्दा आज परिवर्तन हुदैँगएको छ । यसले गर्दा दरै जातिको परिचय दिने कतिपय सास्कृतिक लक्षणहरु समेत लोप हुदै गएको छ । त्यस्तै दरैहरुको भाषा लोपोन्मुख अवस्थामा पुगेको छ ।

    दरै जाति नेपालकै भूमी पुत्र हो । नदी किनारमा बस्ने कृषि उत्पादन, माछा पालन जस्ता उत्पादनशिल काममा जोडिएर आफ्नो जीवन व्यतित गरिरहेको यो जाति नदि किनारबाट विकसित भएको मानव सभ्यताको मूख्य हिस्सेदार हो । कृषि उत्पादनमा जोडिएको र राष्ट्रिय पूँजीको हिस्सेदारी कृषि भएकोले दरै जातिको उपस्थिति राष्ट्रिय उत्पादनको मूल हिस्साको रुपमा रहेको छ । यि जातिहरु शहरीकरण तथा आधुनिकिकरणको प्रभावको साथै जनसंख्याको चापले गर्दा आफ्नो खेतियोग्य जमिनहरु घडेरीमा परिणत भएपछि अन्य पेशा संचालनको लागि अवसरको खोजीमा रहेका छन् । परिवर्तित राजनितिक परिवेशमा अव सरकारले परम्परागत ढाँचाअनुसार पहिले जस्तै राष्ट्रिय योजना आयोगका दस्तावेजहरु प्रकाशन गर्नुभन्दा बढि प्रतिफलमूलक कार्यगत योजनाहरु ल्याउनुपर्छ । दश वटा काम गर्न हजार पेजको मोटो प्रतिवेदन होइन अब हजार वटा काम गर्न दश पेजको बुँदागत मार्गदर्शन तयार गर्नुपर्छ । राष्ट्रिय योजना निर्माणका क्रममा विषेश गरि स्वदेशमै रहि सञ्चालन गर्न सकिने रोजगार तथा स्वरोजगारमुखी क्रार्यक्रमहरु सञ्चालन गरि गरिब आदिवासी जनजाति अल्पसंख्यक लगाएतका सम्पूर्ण युवाहरुलाई विदेश जानबाट रोक्ने क्रार्यक्रम राष्ट्रिय योजनामा समाावेश गरिनुपर्छ । त्यो योजना निमार्णका लागि मात्र अल्मलिएर बस्ने बेला छैन त्यसको यथाशिघ्र कार्यान्वयन गर्न सक्नुपर्छ तबमात्र हाम्रो देश नेपालको राष्ट्रिय नारा “सुखी नेपाली समृद्ध नेपाल” सार्थक रहनेछ ।