विमोचन भयो शंकर पन्तको ‘म त हजुर गाम्ले’ (भिडियो सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • मनोरञ्जन

    विमोचन भयो शंकर पन्तको ‘म त हजुर गाम्ले’ (भिडियो सहित)

    खबरपुञ्ज संवाददाता

    १९ चैत्र २०७७, शुक्रबार

    दुलेगौँडा : ‘बर्षभरी दुख ग¥यो बाँझो बारी खन्न
    काउली फल्यो, बन्दा फल्यो, गोलभेँडा नि टन्न
    घिरौलाले फुल खेल्यो, फल्न थाल्यो लौका
    आयो की त जस्तो लाग्छ किसानीको मौका
    आधी बारी रायो साग, आधी बारी तोरी
    हरियाली बारी देख्दा खुशी मनैभरी
    सबै टिपे बजार लगे अनि उठ्यो रिस
    किसानीलाई दुई रुपियाँ, विचौलियालाई बिस…’

    यी शब्द लोक दोहोरी गायक शंकर पन्तको नयाँ गीत ‘म त हजुर गाम्ले’ का हुन् । कृषि प्रधान मुलुकका किसान उब्जनी बेचेर आर्थिक सम्बृद्धी हासिल गर्न सक्ने अवस्थामा छैनन् । हात पाखुरा बजारेर दुई छाँक गर्जो सहजै टार्न मुस्किल छ । तिनै किसानको उत्पादन उपभोक्तासम्म पु¥याउने विचौलिया रातारात मालामाल हुन्छन् । किसानलाई सरकारले उपलब्ध गराउने अनुदान पहुँचवालाकै कब्जामा हुन्छ । वास्तविक किसानको ‘हातमा लाग्यो शुन्य !’ दिनरात नभनीकन माटोसंग पैठेजोरी खेल्ने किसानको पिडालाइ समेटेर तयार पारिएको गीतको शुक्रबार विमोचन गरियो ।


    शुक्लागण्डकी नगरपालिकाका मेयर किसान गुरुङ, उपमेयर सविता रसाईलीले गीतको अडियो भिडियोको विमोचन गर्नुभयो । मेयर गुरुङले जनप्रतिनिधी निर्वाचित भएर आएपछि पहिलो पटक लोक दोहोरी गीतको विमोचन गर्नुभएको हो । उहाँले ‘म त हजुर गाम्ले’ गीतले किसानको यथार्थ पिडा समेटेको बताउनुभयो ।


    लोक दोहोरी नेपालीको जिवनसंग गाँसिएको संस्कृति भएको उहाँको भनाई छ । तर, त्यही गीतसंगीतमा लागेर जिवन जिउने आधार भने बन्न नसकेको उहाँ बताउनुहुन्छ । ‘राज्यले गीतसंगीतमा लागेका कलाकारलाईनजिकबाट नियाल्न सकिरहेको छैन्’, मेयर गुरुङ भन्नुहुन्छ, ‘स्वर हुदाँ सम्म सबै हाइहाइ हुन्छन् । अन्तिम अवस्थामा कोही न कोही । त्यतिबेला राज्यले ध्यान दिनुपर्छ ।’ तीनै तहका सरकारले कलाकारको पिडा बुझ्नुपर्नेमा उहाँको जोड छ ।

    उपमेयर रसाईलीले कलाकारलाई मैनबत्तीको संज्ञा दिनुभयो । उहाँले भन्नुभयो, ‘कलाकारले आफु रोएर पनि अरुलाई हसाउनुहुन्छ । मैनवत्ती जस्तै आफु सकिएर अरुलाई उज्यालो दिनुहुन्छ ।’ उहाँले लोकगीतमा पछिल्लो समय विकृती भित्रिएको टिप्पणी गर्नुभयो । उहाँले अगाडी भन्नुभयो, ‘परिवारसंग बसेर हेर्न र सुन्न सकिदैन् । संस्कृतीलाइ जोगाउन आवश्यक छ ।’ किसानको उत्पादनलाई बजारीकरण र अनुदानमा सहजलै पुहँच पुग्नेगरी नगरपालिकाले बजेट बनाउने गरेको उहाँको भनाई छ ।


    गायक पन्तको शब्द र लय रहेको गीतमा पछिल्लो समयकी चर्चित गायिका सुनिता बुढा क्षेत्रीले शंकरलाई स्वरमा साथ दिनुभएको छ । शुक्लागण्डकी नगरपालिकाले संस्कृति प्रर्बद्धनका लागी विनियोजन गरेको बजेटबाट गीतको अडियोसंगै म्युजिक भिडियो निर्माण गरिएको हो । शुक्लागण्डकी आसपासमा कैद गरिएको म्युजिक भिडियोमा गायक शंकर पन्तसंगै अनु पराजुलीले अभिनय गर्नुभएको छ । मौसम हिमाली भिडियोका निर्देशक हुनुहुन्छ । करन चैसिरले क्यामेरामा कैद गरेका दृश्यलाई प्रविण भट्टले सम्पादन गर्नुभएको हो ।


    गीतमा निम्न वर्गीय किसानका पिडालाई समेटेको गायक पन्त बताउनुहुन्छ । ‘मेहनत गर्ने किसानले भन्दा विचौलियाले मनग्य आम्दानी गर्छन् । देखेको र भोगेको तीनै किसानको पिडालाई गीतले बोलेको छ’, खबरपुञ्जसंग संक्षिप्त प्रतिकृया दिदै उहाँले भन्नुभयो । युट्युबमा भ्युज बटुल्ने भन्दा पनि जिवन्त रहने सिर्जना दर्शक श्रोतामाझ पस्किएको पन्तले दाबी गर्नुभयो ।


    ६ बर्ष अगाडी ‘चौतारीमा पर्ख’ लोकदोहोरी गीतमार्फत उदाउनुभएका पन्तको दर्जन बढी गीत बजारमा आईसकेका छन् । सेती नदीको सुसाईमा स्वर मिसाउँदै गायक बन्नुभएको पन्तले यसअगाडी लोकदोहोरीसंगै सालैजो, तिजे गीत र दशैँको गीत बजारमा ल्याउनुभएको छ । तनहुँको शुक्लागण्डकी–२ गाछेपानीका पन्त तनहुँमै रहेर लोक संगीतमा क्रियाशिल हुनुहुन्छ ।

    शुक्लागण्डकी जेसिजको आयोजनामा भएको विमोचन कार्यक्रममा शुक्लागण्डकीका नगरप्रवक्ता खिमबहादुर कुमाल, लोकदोहोरी गायक पशुपती शर्मा, सुरेन्द्र गुरुङ, शुक्लागण्डकी जेसिज २०२१ का अध्यक्ष कृष्णबहादुर श्रेष्ठ, बर्ष २०१३ का अध्यक्ष सुजनकुमार श्रेष्ठ, बर्ष २०२१ का कानुनी सल्लाहाकार शिवबहादुर विक, पोखरेली सञ्चारकर्मी सन्तोष बस्याल लगायतले बोल्नुभएको थियो ।