नदीको बहावमा दुई दिन…
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • फिचर

    नदीको बहावमा दुई दिन…

    अस्मिता खनाल

    ९ बैशाख २०७८, शुक्रबार

    ‘समाचारमा नदीमा फोहोर नफाल्नु भन्दिनुस् न है…’

    अन्नपुर्ण हिमालबाट बग्दै आएको मादी नदीलाई दमौलीमा छुदाँ स्वच्छ उर्जा प्राप्त गरेको अनुभुति भयो । दमौली बजार मुनि बगिरहेको सङ्लो मादी नदीबाट म संगै १९ जनाले पानीको छालमा बग्न सुरु ग¥यौँ । दमौलीबाट सुरु ¥याफटिङको यात्रा ३९ किलोमिटर लामो थियो । लोवर सेती ¥याफटिङ सुरु गर्नु अगावै मनमा केही डर थियो । साहस पनि थियो साहसिक जलयात्राका लागी ।


    शनिबारको दिन, मादीको किनारमा नुहाउने–कपडा धुनेहरुको भिड नै थियो । नदीमा पौडिनु केहीका लागि रहर भएपनि धेरैका लागि बाध्यता रहेछ । दमौली बजारको पश्चिम शिरको अग्लो डाँडा मानुङकोट नजिकैको गाउँबाट धुने कपडाको पोको च्यापेर साना–साना नानीबाबु डो¥याउँदै मादी आएका महिलाहरु नदीमा खुलेर नुहाउन सकिरहेका थिएनन् । चञ्चले स्वभावका साना छोराछोरी बगाउने हो कि ? भन्ने पिर एकातिर, सार्वजनिक स्थलमा लाज देखिएला कि भन्ने संकोच अर्कोतिर । जलयात्राका लागि आएका पर्यटकलाई पनि यस्ता दृश्यले पक्कै केही असजिलो अनुभुति गराउँछ नै, जुन हामीलाई पनि अनुभुति भयो ।

    सेतीको असली रुपलाई क्रसरहरुबाट निस्किएका फोहोर पानीले धमिलो बनाएको अनुमान लगाउन धेरै बेर लागेन । सधै धमिलो नदी देखिरहेकाले हामीलाई मैलो पानी नौलो नलागेपनि स्वच्छ प्रकृतिसंगै बग्न चाहेर ¥याफटिङका लागि आउने विदेशी पर्यटकहरुको उत्साहमा भने धमिलो पानीले असर पार्छ पक्कै । पर्यटकले त मुखै खोलेर भन्लान । तर, ती अवोध जलचरले कति पिडा भोगे होलान् । जसको जिवन नै संकटमा परेको छ ।

    ¥याफटिङ एडभेञ्चर एण्ड ट्रेकिङ प्राईभेट लिमिटेडका संचालक सुनिल चौलागाईको अगुवाईमा कञ्चन मादीको वहावसंगै बगेर केही मिटर दुरी पार गरेपछि दमौली नछाड्दै हामी सेतीमा मिसियौं । स्वच्छ, सफा देखिने मादीको पानी सेतीमा मिसिएपछि भने धमिलो बन्यो । सेतीको असली रुपलाई क्रसरहरुबाट निस्किएका फोहोर पानीले धमिलो बनाएको अनुमान लगाउन धेरै बेर लागेन । सधै धमिलो नदी देखिरहेकाले हामीलाई मैलो पानी नौलो नलागेपनि स्वच्छ प्रकृतिसंगै बग्न चाहेर ¥याफटिङका लागि आउने विदेशी पर्यटकहरुको उत्साहमा भने धमिलो पानीले असर पार्छ पक्कै । पर्यटकले त मुखै खोलेर भन्लान । तर, ती अवोध जलचरले कति पिडा भोगे होलान् । जसको जिवन नै संकटमा परेको छ ।


    जलयात्राका क्रममा हामी चढेको डुङ्गाका गाईड रञ्जित चेपाङले सेती भन्दा त्रिशुली अझै धमिलो भएको पुर्व सुचना पनि दिए । चेपाङका अनुसार कोरोना भाईरसका कारण गतबर्षदेखि ¥याफटिङका लागि खासै विदेशी पर्यटक आएका छैनन् ।


    सेतीको गतिसंगै दमौली छोडेर बग्दै गर्दा सेती किनारको माथिपट्टी निर्माणाधिन तनहुँ हाईड्रोमा धमाधम काम भैरहेको देख्दा निकै खुशी लाग्यो । तलतल जादै गर्दा बाटोमा केटाकेटी पौडिरहेका देखिन्थे । कोही माछा मारिरहेका भेटिन्थे । नदी किनार छोएका पाखाका घरहरु एक्ला र जिर्ण देख्दा कहाली लाग्थ्यो । जंगलको बिच डरलाग्दा भिरमा सानो कटेरोमा कसरी जिवन निर्वाह भैरहेको होला, बुझ्ने÷भेट्ने मन भएपनि सामुहिक जलयात्रालाई रोक्न भने सकिएन । निकट भविष्यमै ति वस्तीका कथा उजागर गर्न नसके संचारकर्मी हुनुको हिनताबोध मलाई सधै हुनेछ ।


    नदी जस्तो भुगोल त्यसै अनुरुप बग्न सक्छ । कहिले ताल अडिएको सुस्त सुस्त त कहिले गडगढ आवाज निकाल्दै हामफाल्ने खहरेको गति । सेतीले हामीलाई उत्तिखेरै शान्त संग बगाउथिन्, केहीबेरमै झट्कार्दै, हल्लाउँदै दौडाउँथिन् । गाईड रञ्जित भाई बेला बेला हामीलाई खियाउन आग्रह गरिरहन्थे । पानीको बहाव बढि भएको ठाउँ आउने वित्तिकै रञ्जित भाई ‘¥यापिड आयो ¥यापिड’ भन्थे । हामी सजग हुदैं हौसिन्थ्यौ । नदी भिरालोमा बगेको बेला जलयात्राको आनन्द अपार हुदों रहेछ ।

    यात्राको पहिलो दिन हामीले पानीबाटै तनहुँको व्यास, देवघाट र बन्दिपुर छोयौं । जलयात्रामा देखिएका नौला दृश्यहरु क्यामेरामा कैद गर्ने मन भए पनि पानीमा भिज्ने भएकाले मोबाईल, क्यामेरा लगायतका सबै सामाग्री गाईडहरुले नै सुरक्षित गरिदिएका थिए । दिल छोएका थुप्रै आकर्षक नजारा केबल आखाँले खिचेर मनमा संग्रहित गरेको छु ।


    रोमाञ्चित हुदैं बग्दै गर्दा अचानक हाम्रै समुहको अर्को ढुङ्गा पल्टियो । एकछिन सबैजना आत्तियौ । तर, सबैले लाईफ ज्याकेट र हेलमेट लगाएकाले कसैलाई केही भएन । कसैको चप्पल, कसैको चस्मा पानीमा हरायो, केहीबेरमै गाईड टोलीले सबैलाई डुंगा ताने । नौलो अनुभुति संगालेर फेरि हामी बगिरह्यौ अविरल सेतीको वहावसंगै ।


    यात्राको पहिलो दिन हामीले पानीबाटै तनहुँको व्यास, देवघाट र बन्दिपुर छोयौं । जलयात्रामा देखिएका नौला दृश्यहरु क्यामेरामा कैद गर्ने मन भए पनि पानीमा भिज्ने भएकाले मोबाईल, क्यामेरा लगायतका सबै सामाग्री गाईडहरुले नै सुरक्षित गरिदिएका थिए । दिल छोएका थुप्रै आकर्षक नजारा केबल आखाँले खिचेर मनमा संग्रहित गरेको छु ।


    घाम चर्कै लागेको भए पनि पानीको छल्काले जिस्काएझै हल्याईरहँदा न गर्मी–न जाडो केबल आनन्द अनुभव भैरहन्थ्यो । आकाश सफा नै थियो, तर बैशाखको महिना, मौसमको भरै नहुने, अचानक ठुलो हुरी चल्यो । नदी छेवैको खोल्साबाट भुमरीमा खै के–के के–के उड्दै घुम्दै आए । डुंगा पल्टनै आट्यो, बल्लतल्ल किनारमा उता¥यौं । तर, हामी भन्दा अगाडीको ढुङ्गासंग भने सम्पर्क विच्छेद भयो । केहीबेर धेरै आत्तियौं, हामी त हुरीमै भए नि किनार पुग्यौँ । साथीहरुलाई के भयो होला भने पिरले सतायो । कसैको हातमा घडी थिएन् । कति बज्यो भन्ने अत्तोपत्तो थिएन ।


    केही साथी हतासिदैं किनारै किनार तल हिड्दै जानुभयो । केहीले बेलुनले बनेको डुङ्गाको हावा फालेर सामान सुरक्षित गर्न लाग्यौँ । एकछिनमा माथिपट्टी गाडीको आवाज सुनियो, बस रहेछ । सबैले चर्को आवाजमा बोलाएपछि बसवालाले हामीलाई अलपत्र परेको देखे र सहयोगका लागि तल आए । दमौलीबाट घुमाउने जाने कच्ची बाटोको मास्दी भन्ने ठाउँनेर आईपुगेका रहेछौं । बस नदी किनारमै झर्यो, प्यासेञ्जर रहेनछन्, सबै सामानहरु बसमा राख्यौ, तर बस धेरैबेर सम्म सडकसम्म उक्लन सकेन, फस्यो । केही साथी बस धकेल्न लाग्यौ, केही साथी सम्पर्कविहिन साथीहरु खोज्न हिड्यौ । करिब एक घण्टामा बस सडकमा उक्लियो, अघिल्लो डुङ्गाका साथीहरु पनि केही पर सडकमा उक्लिएर बसेका रहेछन्, हाम्रो भन्दा डरलाग्दो अनुभुति उनीहरुले सुनाए, भन्दैथिए– बल्लबल्ल बचियोँ ।

    घुमेर फर्कदै गर्दा फेरि साईला दाइ भेटिनुभयो, भन्नुभयो – ‘नानी, अघि मैले एउटा कुरा छुटाएछुँ, समाचारमा खोलामा फोहोर नफाल्ने भनेर भन्दिनुस् न ल.. । गाईबस्तु मरेपनि खोलामै फाल्छन्, डम्पिङ गरेको फोहोर पनि खोलामै फाल्छन्, गन्हाउँछ नि है, पर्यटकहरुले के सोच्लान्, खाल्डो खनेर पुरिदिए हुने नि …समाचारमा भन्यो भने उनीहरुलाई थाहा हुन्छ नानी, सेती खोलामा मादी खोलामा फोहोर नफाल्ने भनेर समाचारमा फुक्दिनुस् है ।’


    झमक्क साँझ परिसकेको थियो । बसमा करिब १५ मिनेट गुडेंपछि पहिलो दिनको बासस्थान सराङघाट पुग्यौ । बन्दिपुर–६ मा पर्ने सुन्दर बस्ती सराङघाटको मुनिपट्टी सेती किनारमा बस्ने सुर कसियो । प्रायः ¥याफटिङ कम्पनीहरुले यही किनारको चौरलाई बासस्थान बनाउने रहेछन् । सराङघाटका साईला दाई भनेर चिनिने रामबहादुर गुरुङ सबैलाई सहयोग गर्ने स्वभावको हुनुहुदों रहेछ । साईला दाईकै सहयोग लिएर गाईडहरुले खाने बस्ने व्यवस्था मिलाए । नदी किनारमा आगो ताप्दै क्याम्पिङ गरेर बस्दा दिउँसो हुरीले दिएको दुःखमा मलम लगायो । सबैका लागि लोवर सेती ¥याफटिङको पहिलो दिनका सुख–दुःखका अनुभुति कहिल्यै बिर्सन नसकिने याद बन्यो ।


    भोलीपल्ट बिहान साईला दाईसंग रमाईला कुरा भए । केहीबेर गाउँ घुमे । धेरैजसो घर गुरुङका रहेछन् । निकै सुन्दर रहेछ सराङघाट । स्थानीय एकजुट भएर खानेपानीको पाईप विछ्याउँदै हुनुहुन्थ्यो । घुमेर फर्कदै गर्दा फेरि साईला दाइ भेटिनुभयो, भन्नुभयो – ‘नानी, अघि मैले एउटा कुरा छुटाएछुँ, समाचारमा खोलामा फोहोर नफाल्ने भनेर भन्दिनुस् न ल.. । गाईबस्तु मरेपनि खोलामै फाल्छन्, डम्पिङ गरेको फोहोर पनि खोलामै फाल्छन्, गन्हाउँछ नि है, पर्यटकहरुले के सोच्लान्, खाल्डो खनेर पुरिदिए हुने नि …समाचारमा भन्यो भने उनीहरुलाई थाहा हुन्छ नानी, सेती खोलामा मादी खोलामा फोहोर नफाल्ने भनेर समाचारमा फुक्दिनुस् है ।’

    मादी देखि नारायणीसम्मको जलयात्रा अत्यन्तै रोमाञ्चकारी बन्यो । तर, मनले बेलाबेला स्वच्छताको अभाव खड्काईरह्यो । पानी धमिलो हुन्थेन, किनार फोहोर हुन्थेन भने झन् हाम्रो जलयात्रा कति सुखद् हुन्थ्यो होला ?


    साईला दाईको चिन्ता आफ्नो लागि थिएन देशको पर्यटनका लागि थियो– ‘टिन, बोत्तल पनि खोलामै फाल्छन्, फाल्नुहुन्न, खोलामा पौडी खेल्नेलाई काट्छ नि, मैले त क्याम्पमा भएका फोहोरहरु जम्मा गर्छु ।’ साईला दाईको यस्ता कुराले नदी किनारै किनारका रुखभरि अड्एिका प्लाष्ट्रिक, बोरा, बोत्तल जस्ता फोहोरहरु सम्झायो । नदीले बगाएर ल्याई किनारका यत्रतत्र छरिएका फोहोरहरुले वातावरण नै कुरुप बनाउन खोजिरहेका थिए, हरिया रुखमा उडेका विभिन्न रङका फोहोर टांगिएको अति नराम्रो देखिन्छ । सामान्य व्यक्ति वा स्थानीय सरकार सबैको लागि नदीहरु नै फोहोर फाल्ने डम्पिङ साईड बनिरहेका छन् । यो कुरा साईला दाईलाई जस्तै हामी सबैलाई चित्त नबुझ्ने हो भने खोलामा फोहोर फाल्ने हाम्रो नराम्रो बानी बदलिन्थ्यो कि?


    सराङघाटबाट दोश्रो दिन हामीले १९ किलोमिटर जलयात्रा ग¥यौ । सेती संगै बग्दै केही पर पुगेपछि त्रिशुली भेटियो । त्रिशुलीसंगै अझै धमिलो पानी भेटियो । सेती र त्रिशुलीको संगम स्थलमा पौडी पनि खेल्यौं । तर, पानी फोहोर भएकाले सिकसिक बढी लाग्यो । मादी देखि नारायणीसम्मको जलयात्रा अत्यन्तै रोमाञ्चकारी बन्यो । तर, मनले बेलाबेला स्वच्छताको अभाव खड्काईरह्यो । पानी धमिलो हुन्थेन, किनार फोहोर हुन्थेन भने झन् हाम्रो जलयात्रा कति सुखद् हुन्थ्यो होला ?


    र्याफ्टिङ एडभेञ्चर एण्ड ट्रेकिङ प्राईभेट लिमिटेडका संचालक सुनिल चौलागाईका अनुसार नेपालमा १७ वटा नदी तथा खोलाहरुमा ¥याफ्टिङको अनुमति प्राप्त छ । देशभरी ८६ वटा र्याफ्टिङ कम्पनी छन् । विश्वमा नेपालका नदीहरु ¥याफ्टिङका लागि उत्कृष्ट मानिन्छन् । साहसिक खेल पर्यटनको महत्वपुर्ण क्षेत्र ¥याफ्टिङमा पर्यटकको आकर्षण निकै राम्रो छ तर नदी तथा खोलाहरु फोहोर हुदैं जाने हो भने ‘छि..’भन्ने हरु भेटिनेछन् । नदी तथा खोलालाई स्वच्छ, सफा र सुन्दर राख्न सरकार र समुदायको ध्यान जानुपर्ने देखिन्छ ।