म्यानचेस्टर सिटी पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    म्यानचेस्टर सिटी पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा

    खबरपुञ्ज संवाददाता

    २१ बैशाख २०७८, बुधबार

    एजेन्सी : म्यानचेस्टर सिटी च्याम्पियन्स लिग फुटबलको फाइनलमा पुगेको छ । गएराति भएको खेलमा फ्रान्सको पेरिस सेन्ट जर्मेइन पीएसजीलाई २–० गोलले हराउँदै सिटी पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा पुगेको हो ।

    सिटीका लागि रियाद महरेजले दुई गोल गरे । पहिलो लेगमा २–१ ले विजयी भएको सिटी दोस्रो लेगमा पनि २ गोल गर्दै समग्रमा ४–१ गोलका साथ फाइनलमा पुगेको हो । खेलमा गोल गर्ने केहि उत्कृष्ट मौका पाए पनि पीएसीजीले सदुपयोग गर्न सकेन ।

    खेलको अन्तिमतिर डि मारियाले रातो कार्ड पाएपछि पीएसजी १० खेलाडीमा समेटिएको थियो । सिटीले अब उपाधिको लागि चेल्सी र रियल मड्रिडबीचको विजेतासँग मे २९ तारिखमा खेल्नेछ ।