


पाेखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पनि कोरोना भाइरस संक्रमणको दोस्रो लहरबाट संक्रमित हुनुभएकाे छ । गुरुङलाई मंगलबार गरिएको परीक्षणबाट कोरोना संक्रमण पुष्टि भएको हो ।
फरकधार डटकममा जनाइए अनुसार गण्डकी प्रदेश सरकार मातहतको संक्रामक तथा सरुवा रोग अस्पतालमा मंगलबार साँझ गरिएको परीक्षणबाट मुख्यमन्त्री गुरुङमा कोरोना संक्रमण देखिएको हो । संक्रमण पुष्टि भएलगत्तै मुख्यमन्त्री गुरुङ होम आइसोलेसनमा बस्नुभएकाे छ ।
यसअघि, गण्डकी प्रदेशका ४ जना प्रदेशसभा सदस्यलाई पनि कोरोना संक्रमण भइसकेको छ । सांसदहरु राजीव पहारी, प्रभा कोइराला, मनकुमारी गुरुङ र खिमविक्रम शाहीलाई कोरोना संक्रमण पुष्टि भएको हो ।
मुख्यमन्त्रीविरुद्ध संसदमा पेस भएको अविश्वास प्रस्तावमाथि छलफल गर्नुअघि नेकपा एमालेका सांसदहरुको मागमा सबै सांसदहरुको कोरोना परीक्षण भएको थियो ।