हामी त डुब्छौं, तिमीलाई पनि लिएर डुब्छौं : रामकुमारी झाक्री
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    हामी त डुब्छौं, तिमीलाई पनि लिएर डुब्छौं : रामकुमारी झाक्री

    खबरपुञ्ज संवाददाता

    २१ बैशाख २०७८, बुधबार

    काठमाडाै :  नेकपा एमालेकी प्रतिनिधिसभा सदस्य रामकुमारी झाँक्रीले विम्वात्मक शैलीमा कडा ट्वीट गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिने दिन नजिकिदै जाँदा झाँक्रीले ‘हामी त डुब्छौं नै, तिमीलाई पनि लिएरै डुब्छौं’ भन्ने आशयको ट्वीट गरेकी हुन् ।

    प्रधानमन्त्री ओलीको आलोचकका रुपमा चिनिएकी माधव नेपाल समूहकी नेतृ झाँक्रीले डुब्नबाट जोगिने हो भने किनारा खोज्न र दम्भ त्याग्न आग्रह गरेकी छिन् । हिन्दी उक्तिसंगै झाँक्रीले गरेको ट्वीट प्रधानमन्त्री ओलीप्रति लक्षित देखिन्छ ।