


काठमाडाै : नेपालमा कोरोना संक्रमितको संख्या एकैदिन साढे ८ हजार नाघेको छ । यो अहिलेसम्मकै सबैभन्दा धेरै हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार ८६५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५८ जनाको मृत्यु भएको छ । २० हजार ७५६ जनाको पीसीआर परीक्षणमा ८६०५ र ६१६ एन्टिजेन परीक्षणमा ५४ जना गरी ८६५९ जनामा संक्रमण पुष्टि भएको हो ।