एमालेले मत विश्लेषण गरेपछि मात्र बादललाई उम्मेदवार बनाउने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    एमालेले मत विश्लेषण गरेपछि मात्र बादललाई उम्मेदवार बनाउने

    खबरपुञ्ज संवाददाता

    २२ बैशाख २०७८, बिहीबार

    काठमाडौं : नेकपा एमालेले जेठ ६ गते हुने राष्ट्रियसभा उपनिर्वाचनमा वागमतीबाट गृहमन्त्री रामबहादुर थापालाई उम्मेदवार बनाउनुअघि मतको विश्लेषण गर्ने भएको छ ।

    बिहीबार बसेको स्थायी कमिटी बैठकमा त्यसबारेमा समग्र छलफल भएको र उम्मेदवारको निर्णय एक दुई दिनभित्रै हुने महासचिव ईश्वर पोखरेलले जानकारी दिनुभयाे । बैठकमा वागमती प्रदेशभित्र एमालेको एकल बहुमत रहे पनि माधव नेपाल पक्षले कांग्रेस र माओवादीसँग गठबन्धन गरेर खिमलाल देवकोटालाई माओवादीको चुनाव चिन्हबाट लडाउने निर्णय गरेकाले त्यसबाट काटिने भोटको बारेमा विश्लेषण भएको बताइएको छ ।

    माधव नेपाल पक्षमा लाग्ने प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिको संख्या समेत हेरेर थप निर्णय गरिने बताइएको छ । यदि अलग उम्मेदवार खडा गरेर ती उम्मेवारको पक्षमा लागेको खण्डमा कतिपय प्रदेशसभा सदस्यको पद रिक्त गर्नुपर्नेसम्मको बहस एमालेभित्र चलेको छ ।

    तर त्यसबारे बैठकमा भने छलफल नभएको नेताहरुले बताए । बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै एमाले प्रवक्ता प्रदीप ज्ञवालीले पार्टीको उम्मेदवारको जीत सुनिश्चित हुने गरि जनप्रतिनिधि र मतदातासँग छलफल गर्ने निर्णय भएको जानकारी दिनुभयाे ।