कोरोना सङ्क्रमितको उपचारका लागि तनहुँमा यस्तो छ तयारी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    कोरोना सङ्क्रमितको उपचारका लागि तनहुँमा यस्तो छ तयारी

    अस्मिता खनाल

    २२ बैशाख २०७८, बिहीबार

    तनहुँ : पछिल्लो केही दिनयता तनहुँमा पनि दैनिक रुपमा कोरोना सङ्क्रमित थपिनेक्रम जारी छ । कोरोना सङ्क्रमित थपिएसँगै जिल्लास्थित पालिका र अस्पतालले आवश्यक तयारी थालिसकेका छन् ।

    जिल्ला स्वास्थ्य कार्यालय तनहुँका अनुसार जिल्लाभर ८७ आइसोलेशन कक्ष तयार गरिएको छ । प्रत्येक पालिकामा कम्तिमा पाँच शैय्याको आइलोशन कक्ष तयार गरिएको छ ।

    शुक्लागण्डकी नगरपालिका बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा ३० शैय्याको आइसोलेशन कक्ष तयार गरिएको छ । हरेक शैय्यामा पाइपमार्फत् अक्सिजन पु¥याइएको छ । आइसोलेशनमा १२ ठूलो सिलिण्डर, २० सानो सिलिण्डर, पाँच वटा अक्सिजन कन्सुन्टेटर उपलब्ध रहेको उपचार केन्द्रका कार्यकारी निर्देशक डा. रामकुमार श्रेष्ठले जानकारी दिनुभयो । अस्पतालमा १४ जना डाक्टर, ११ जना नर्स र १४ जना पारामेडिक स्वास्थ्यकर्मी छन् । अस्पतालको एउटा एम्बुलेन्स छ ।

    May be an image of sky and tree

    सदरमुकामस्थित दमौली अस्पतालमा १६ जना सामान्य सङ्क्रमित राख्न सकिन्छ । थप सात वटा सघन उपचार कक्ष छन् । ३० वटा अक्सिजन सिलिण्डर रहेको अस्पतालका मेडिकल सुपरिटेण्डेट डा. सुनिल पौडेलले जानकारी दिनुभयो । थप अक्सिजन सिलिण्डर खरिदका लागि रु पाँच लाख बजेट व्यवस्था गरिएको छ । अस्पतालमा चार डाक्टर र चार स्टाफ नर्स छन् ।

    बन्दीपुर गाउँपालिकामा २० शैय्याको आइसोलेशन कक्ष तयार गरिएको छ । आइसोलेशन कक्षमा १० सिलिण्डर अक्सिजन र एउटा एम्बुलेन्स तयारी गरिएको छ । आँबुखैरेनीमा १२ शैय्याको आइसोलेशन कक्ष तयारी गरिएको छ । आइसोलेशन कक्षमा दुई वटा सिलिण्डर र तीन वटा एम्बुलेन्स छन् ।

    भानुमा पाँच शैय्याको आइसोलेशन तयार गरिएको छ । त्यहाँ ८ सिलिण्डर अक्सिजन व्यवस्थापन गरिएको छ । भानुमा एउटा एम्बुलेन्स तयारी अवस्थामा राखिएको छ । देवघाटमा पाँच शैय्याको आइसोलेशन कक्ष तयारी गरिएको छ । आइसोलेशन कक्षमा आठ सिलिण्डर अक्सिजन र एउटा एम्बुलेन्स तयारी अवस्थामा राखिएको छ ।

    भिमादमा पाँच शैय्याको आइसोलेशन कक्ष तयार गरिएको छ । आइसोलेशन कक्षमा १० अक्सिजन सिलिण्डर व्यवस्था गरिएको छ । भिमादमा एउटा एम्बुलेन्स तयारी अवस्थामा राखिएको छ ।

    म्याग्देमा पाँच शैय्याको आइसोलेशन कक्ष तयार गरिएको छ । आइसोलेशन कक्षमा दुई सिलिण्डर व्यवस्थापन गरिएको छ । गाउँपालिकामा दुई वटा एम्बुलेन्स छ ।

    ऋषिङमा पाँच शैय्याको आइसोलेशन तयार गरिएको छ । आइसोलेशन कक्षमा तीन सिलिण्डर व्यवस्थापन गरिएको छ । गाउँपालिकामा एउटा एम्बुलेन्स तयारी अवस्थामा राखिएको छ ।

    घिरिङमा पाँच शैय्याका आइसोलेशन कक्ष तयार गरिएको छ । यहाँ एउटा सिलिण्डर अक्सिजन मात्रै छ । एउटा एम्बुलेन्स तयारी अवस्थामा राखिएको र स्वास्थ्यकर्मीको अभाव रहेको बताइएको छ ।

    शुक्लागण्डकीमा थप ३० शैय्याको आइसोलेशन तयार गर्न लागिएको छ । पाँच वटा अक्सिजन सिलिण्डर र पाँच वटा एम्बुलेन्स तयारी अवस्थामा राखिएको छ । व्यास नगरपालिकाले भने दमौली अस्पतालकै आइसोलेशन कक्ष प्रयोग गर्ने तयारी गरेको छ । व्यासले तीन वटा अक्सिजन सिलिण्डर व्यवस्थापन गरेको छ ।