


दमाैली, २८ साउन । तनहुँकाे शुक्लागण्डकी नगरपालिका-५ गल्छिनामा कारकाे ठक्करबाट मङ्गलबार दुई जना घाइते भएका छन् । बेलचौताराबाट दुलेगौडा तर्फ जादै गरेको नम्बर नखुलेको रातो कलरको कारले सोही दिशा तर्फ जादै गरेको ग१४प ६१९३ नम्बरको स्कुटरलाई ठक्कर दिदा स्कुटरमा सवार दुई जना घाइते भएका हुन् ।
घाइते हुनेमा तनहुँ शुक्लागण्डकी न.पा.८ घोर्मे बस्ने २३ वर्षीय विकल मगर र स्कुटर पछाडी सवार दुलेगौडा २० वर्षीया निलिमा गुरुङ रहेकाे प्रहरीले जनाएकाे छ ।
कार र कार चालक फरार रहेको खोजतलास कार्य भईरहेको प्रहरीकाे भनाइ छ ।