करेन्ट लागेर आँबुखैरेनीमा पुरुषको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    करेन्ट लागेर आँबुखैरेनीमा पुरुषको मृत्यु

    खबरपुञ्ज संवाददाता

    २६ बैशाख २०७८, सोमबार

    तनहुँ : तनहुँको आँबुखैरेनी गाउँपालिका–२, मार्कीचोकमा करेन्ट लागेर साेमबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा आँबुखैरेनी गाउँपालिका–६ घर भई हाल मार्कीचोकमा बस्दै आउनुभएका ४५ वर्षीय भिमबहादुर गुरुङ रहेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ ।

    रुखमा घाँस काट्ने क्रममा बिजुलीको तारले छोएर करेन्ट लाग्दा उहाँको मृत्यु भएको हो । मृतकको शव आँबुखैरेनी हाडजोर्नी अस्पतालमा रहेको र पोष्टमार्टमका लागि दमौली अस्पताल पठाउने तयारी गरिएको प्रहरीले जनाएको छ ।