अल स्टार क्लवले आइसोलेशन बनाउन भवन दिने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    अल स्टार क्लवले आइसोलेशन बनाउन भवन दिने

    खबरपुञ्ज संवाददाता

    २६ बैशाख २०७८, सोमबार

    तनहुँ : तनहुँको आँबुखैरेनी गाउँपालिका–३ स्थित अलस्टार क्लवले आफ्नो भवन आइसोलेशन निर्माणका लागि गाउँपालिकालाई दिने भएको छ । कोभिड सङ्क्रमित बढेको र आइसोलेशनका लागि भवन अभाव हुन सक्ने भएपछि क्लव आफ्नो भवन गाउँपालिकालाई दिन तयार भएको हो ।

    सोमबार क्लवका अध्यक्ष दिनेश केसीले गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापालाई उक्त भवन प्रयोग गर्न दिने सहमतिपत्र हस्तान्तरण गर्नुभयो । वडासदस्य समेत रहनुभएका केसीले कोभिड रोकथाम गर्नु सबै सङ्घसंस्थाको कर्तव्य भएकाले क्लवको भवन आइसोलेशनका लागि दिने निर्णय भएको बताउनुभयो ।

    उक्त भवनमा पाँच शैय्याको आइसोलेशन कक्ष बनाउन सकिनेछ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोख्रेलले कोभिड रोकथामका लागि क्लवले पु¥याएको सहयोग उदाहरणीय रहेको बताउनुभयो ।