भिमादमा दश सहित तनहुँमा थपिए एघार सङ्क्रमित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • भिमाद

    भिमादमा दश सहित तनहुँमा थपिए एघार सङ्क्रमित

    खबरपुञ्ज संवाददाता

    २७ बैशाख २०७८, मंगलवार

    तनहुँ : तनहुँको भिमाद नगरपालिकामा एकैचोटी दश कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालयले मङ्गलबार सार्वजनिक गरेको विवरण अनुसार भिमादका दुई वडामा दश सङ्क्रमित थपिएका हुन् । त्यस्तै बन्दीपुरमा एक जना सङ्क्रमित थपिएका छन् ।

    भिमाद–४ का ३८ वर्षीय पुरुष, भिमाद–६ का १८, ३०, ५९, १०, १०, १० वर्षीया महिला र ३८, ६३, ३८ वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएको छ । त्यस्तै बन्दीपुरका ६२ वर्षीय पुरुषमा पनि सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । सबै सङ्क्रमित कन्ट्याक्ट ट्रेसिङबाट पहिचान भएका हुन् ।