आत्मसमिक्षाको कडिमा उभिँदा…
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • विचार

    आत्मसमिक्षाको कडिमा उभिँदा…

    विवि श्रेष्ठ

    २९ बैशाख २०७८, बिहीबार

    जीवनको परिभाषा समयको गतिसँगै बदलिने रहेछ । लाग्दथ्यो, यहि सोचले जीवनका पानाहरु पल्टिनेछन् । समयको रवैयाले अन्तत दास हुनुको विकल्प नहुने रहेछ, मात्रा र प्रक्रिया मात्र फरक हुने रहेछ । सोचका विविधता भित्र वाधिने प्रवृत्ति नै जीवनको द्योतक रहेछ । आत्मासमिक्षाको कसीमा आफैलाई दाँजेर हेर्दा कमजोरी स्वीकार्न नसक्ने सोचले आफैभित्र पनि गाँज्ने रहेछ । वातावरणको त्यो अन्योन्याश्रित सम्वन्धलाई समेत अनुकुलतामा खोज्नेहरु मानविय प्रवृत्तिको जगमात्र होईन, चेतनाको कमजोर चित्कार पनि रहेछ । समाज र संसारलाई नै परिवर्तन गर्ने जगहरु भत्किएर गए । समिक्षा र विश्लेषण आफैले आफैलाई गर्ने रहेनछन् । जसरी हुन्छ, आफनो अस्तित्व खातिर जसले पनि दृष्टिकोण अनुकुलतामा मात्र खोज्ने चेष्टा गर्ने रहेछ । स्वार्थले भरिएको घडावाट आफुलाई कमजोर देख्ने सोचहरु विलिन हुने रहेछ । त्यहि विलिन सोचको समाधिले आज जीवन नै अर्कामा निर्भर वन्न वाध्य वनिदिदो रहेछ र त्यहि कमजोर जगमा रहेर मुल्यांकनमा मानव जाति अभ्यस्त वन्ने रहेछ, त्यसलाई नै हामी महान सोच ठान्ने रहेछौ ।

    घर समिपैको वर र पिपलुको रुख पनि आज अस्तित्व विहिन भएको छ । कुनै समयमा त्यहि रुखको छहारीमा आनन्द लिने आत्माहरु आज अर्को रुखको खोजीमा लागि रहेका छन् । लाग्दथ्यो यो समय र पल सधै यहि अवस्थामा रहिरहनेछ, यहि शितलता प्रदान गरिरहनेछ । चिल्लो र हराभरा रुख आज उजाड वनेको छ, त्यसको त्यो उजाड सँगै मानव जाति मात्र होईन, चराचुरुङ्गी समेत साथ छाडेर हिडेको छ । अन्तिम सासमा धर्मराएको रुखले के सोचिरहेको होला ? अनुभुति र आत्मानुभुति प्रकृतिको अनुपमताको विविधता भित्र नै रमेको होला । हिजो सवैको प्रिय वनेको रुख आज सवैको वोझ वनेको छ । रुखले आफनो जीवन्तता राख्न नसकेजस्तो यो चिल्लो गाला पनि विस्तारै मुजा पर्न थालेको छ । ऐनाका अगाडी उभिएर वाहिरी रुपलाई दाँज्दा लागिरहेको छ । मेरो यो गला पनि त्यो खण्डहर रुख झै लत्रिएको छ । चेतनाले शासनको नेतृत्व गर्नुपर्दछ । तर त्यो चेतना सामुहिकताका लागी प्रयोग हुन नसक्दा र जीवनका परिभाषा भित्र छिर्न नसक्दा आफैलाई भार वन्ने रहेछ ।

    मानव जातिको सोच वंशाणुगतमा निर्भर गर्दछ वा वातावरणमा ? चेतना विहिन जीवन के जीवन ? चेतनाको पनि रुप निर्धारण हुने रहेछ, चेतनशील प्राणी सवै चेतनायुक्त भएता पनि सवै त्यसको विविधता भित्र प्रवेश गर्न नसक्ने रहेछ । लाग्दथ्यो, जीवन सुखै सुखको पल हो, यो उमेरको उन्माद भित्रको सोच थियो, अहिले त्यो सोच परिवर्तन भएको छ । असन्तुष्ठ मस्तिष्कको जगमा हल्लिएको सोचले चुनौती दिईरहेको छ । चेतना समान्य मात्र होईन, विशिष्ट पनि हुँदो रहेछ, जुन विशिष्टता कमैले महशुश गर्ने रहेछन् ।

    जीवन यति धेरै कष्टकर कसरी वन्यो ? सोचको विविधताले कि, असन्तुष्टिले वा स्वार्थताको उन्मादले ? आज आफैनै जीवनको आत्मासमिक्षाले झकझकाएको छ । जन्मनु, शिक्षादीक्षा, परिवार, सन्तान, भौतिक सम्पति अनि त्यहि भित्रको रस्वादानले पोल्ने पलहरु । यहि नै हो त जीवन ? हैन भने यति धेरै सोचको अनुत्तिरित प्रश्न भित्रको जीवनको पृथकता खै ? सोचिने शैली, लेखिने भावले मात्र जीवनको परिभाषामा अमरत्व आउँला र ? अनुत्तरित प्रश्नको यो पेचिलो प्रश्नले रातको अन्धकारलाई छिचोल्न सहयोग गरेता पनि त्यसको कार्यन्वयन हुन नसक्दा अन्तत यो सोच पनि क्षितिजमा त्यसै विलिन हुने तर्फ मात्र उन्मुख रहेको छ । जीवनमा भौतिक दुखले चेतनाका विकासमा कति महत्व राख्ला ? त्यो चेतनाले समाज परिवर्तनमा कति भुमिका खेल्ला ? त्यहि चेतनाले जीवनको परिभाषा खोज्नका लागी सार्थक वन्ला कि नवन्ला ?

    सन्तान प्राप्तिमा संसार जित्ने आशा र अभिलाषा राख्ने मस्तिष्क र त्यो नयन आज धर्मराएको छ । आँखाका नानीमा वादल लागेको छ, त्यहि सन्तानको खुशीमा सम्पुर्ण जीवन उर्पण गरेका लाखौ आत्माहरु के सोचिरहेका होलान् । मातृत्वको त्यो सपना पुरा गर्न ती सन्तानहरु कति क्रियाशिल रहे होलान् ? ऐनामा देखिने वाहिरी आवरण सवैले नियाले पनि आत्मिक आत्मसमिक्षाले जीवनको यो परिभाषालाई कदापी स्वीकार्न सकेन । मातृत्वको सोचमा देखिने सपनाहरु आज थकित रहेर जीवनका परिभाषा नै वदलिएको छ, संसारको रिती नै । जीवनमा प्रश्नका पहाडहरु रहेता पनि चुचुरोमा पुगेर सफलता हात पार्न कति कर्महरु भए ? सोचले जीवनमा सधै झकझकाईदियो ।
    जव सोच र चेतना स्वार्थका वन्धक वन्दछ, असंख्या मातृत्वको आशाहरु क्षितिजमा विलिन भएर जान्छ । जव ढलपलाएको त्यो नयनमा आशाको त्यो अतितहरुलाई न्याय गर्न सकिदैन, जीवन अर्थविहिन लाग्ने रहेछ, त्यहि अर्थविहिन जीवनलाई सार्थक वनाउने पटक पटकको प्रयोग त्यति सहज र सरस नहुने रहेछ । त्यहि वीचमा जीवन फसिरहदाँ कयौ रातहरु छटपटिका साथ विते । चेतनाको अव्वल प्रयोग नै यसको निकास हो भन्ने सोचलाई मुर्त रुप दिन नसक्दा मातृत्वले देखेको त्यो किरण आफनै आँखामा पनि ढलपल वनिदियो । पात्रोले दिनहुँ पल फेरेता पनि यहि पल सँगै फेरिएको सोच र अव आफनो सन्तानको आँखामा देख्ने दुस्साहस गरिएको छ । थाहा छ त्यो, सपना केवल सपना मात्र हो, तर पनि त्यो पुरा नहुने सपनामा जीवनका वाकी पलहरु घोत्लिरहेका छन्, यी नयनहरु नअस्ताउदाँ सम्म ।

    सन्तानको तोते वोलिमा खुशी मान्नेहरु, सपना देख्नेहरु, त्यसमा नै जीवन अर्पण गर्नेहरु आफु सन्तान हुदाँको त्यो सपना कति पुरा भए, सोच्ने हिम्मत गर्न सक्दैनन, किनकि त्यो त्यति सहज छैन र समान्य सोचले त्यसको मापन गर्न सकिदैन । वाँच्नका लागी खाने हैन, खानका लागी वाँच्नेहरुले जीवनका त्यो अनुत्तरित प्रश्नहरुको सामना गर्ने हिम्मत राख्दैनन् । आमाको त्यो नयन धर्मराउँदै गर्दा नजिक वसेर उभिने नैतिक सहास कमै सन्तानले गर्लान, त्यहि मातृत्व सन्तानमा हेरेर क्षितिजमा घर वनाउनेहरु धर्तिमाताका अगाडी वसेर जीवनको परिभाषा भित्रको कर्म गरेको दावा गर्ने साहस गर्लान कि नगर्लान ? धर्तिको यो आधार स्तम्भमा टेकेर हेर्दा आफनै आत्मासमिक्षा गर्न डर लागिरहेको छ । लाग्दछ, यो सवै मिथ्या हो, मिथ्या नै होस तर त्यो मिथ्याले जीवन भर सोधिने प्रश्नहरु चाहि के होलान् ? आत्मसमिक्षाको कमजोरी पाटो लुकाउनु शिवाय अन्य विकल्प रहेन । नमेटिने सोच र प्रश्न जीवनको अन्तिम सास रहेसम्म रहिरहनेछ ।