अब मिर्गौलाका बिरामीलाई बोक्नेछ नगरपालिकाकै गाडीले
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    अब मिर्गौलाका बिरामीलाई बोक्नेछ नगरपालिकाकै गाडीले

    खबरपुञ्ज संवाददाता

    ३० बैशाख २०७८, शुक्रबार

    दुलेगाैडा : कोरोनाको दोस्रो लहर युके भेरियन्टको सङ्क्रमणलाई रोक्न देशका प्राय जिल्लामा निषेधाज्ञा लागु गरिएको छ । तनहुँमा वैशाख २२ गते रातिदेखि निषेधाज्ञा जारी छ । निषेधाज्ञाले जिल्लाका बजार क्षेत्र सुनसान छ । उद्योगधन्दा खुलेका छैनन् । सडकमा अत्यावश्यक बाहेकका सवारी हुईकिएका छैनन् ।

    सार्वजनिक सवारी नचल्दा नियमित अस्पताल पुग्नुपर्ने दीर्घ रोगी मारमा छन् । अझ हप्तामा दुई तीन पटक डायलासिस गराउनुपर्ने मिर्गौालाका बिरामीलाई महङ्गोे शुल्क तिरेर पोखरा र दमौली धाउनुपर्ने बाध्यता छ ।

    आर्थिक सङ्कलन गरेर उपचार गराईरहेका मिर्गौलाका बिरामीलाई निषेधाज्ञामा कसरी अस्पतालसम्म पुग्ने भन्ने चिन्ता बढाएको छ । मिर्गौला रोगीको समस्यालाई मध्यनजर गर्दै शुक्लागण्डकी नगरपालिकाले आफ्ना दुई वटा गाडी निशुल्क उपलब्ध गराउने भएको छ ।
    उपप्रमुख सविता रसाईलीले चढ्दै आएको बा १ झ ८४९७ नम्बरको गाडी र नगरपालिकाको पुरानो हाल योजना अनुगमनका लागि प्रयोग गरिने ग १ झ २६७ नम्बरको सरकारी गाडीले डायलासिस गराउनलाई अस्पताल लैजान र ल्याउन मिर्गौलाका बिरामीलाई बोक्नेछ ।

    यी दुई सवारीले महामारीको अवधिभर दमौली र पोखरामा डायलासिस गराउन जाने बिरामीलाई बोक्ने उपप्रमुख रसाइलीले बताउनुभयो । सहज स्थिति नभईन्जेल मिर्गाैलाका बिरामीको डायलासिस गराउन अस्पताल पु¥याउने काममा नगरपालिकाकै गाडी प्रयोग हुने उहाँको भनाई छ । ‘यो महामारीको बेला मिर्गौलाका बिरामी डायलासिस गराउनबाट बञ्चित हुनुपर्दैन,’ उहाँले भन्नुभयो, ‘बरु हामी हिँडेरै भएपनि जनताको सेवा गर्छौँ ।’ शुक्लागण्डकी नगरपालिकामा प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतले प्रयोग गर्ने १÷१ सहित ४ वटा सरकारी गाडी छन् ।

    गत वर्ष पहिलो चरणको कोरोना फैलिएको बेला पनि शुक्लागण्डकी नगरपालिकाले मिर्गौलाका डायलासिस गराउने बिरामीलाई एक पटकको एक हजारका दरले दरले यातायात खर्च उपलब्ध गराएको थियो । गत वर्ष मिर्गौलाका बिरामीलाई डायलासिस गराउनलाई दुई लाख १८ हजार यातायात खर्च वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत गङ्गालाल सुवेदीले बताउनुभयो । यो वर्ष कोरोनाकै कारण आर्थिक स्रोतको अभाव भएपछि नगरपालिकाका दुई वटा सरकारी गाडी मिर्गौला पीडितको डायलासिस गराउन लैजाने र ल्याउने प्रायोजनमा प्रयोग गरिएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार बुधबारदेखि डायलासिस गराउने बिरामी बोक्न थालिएको छ ।

    नगरपालिकाले यहाँका १२ वटै वडामा मिर्गौलाका बिरामीको तथ्याङ्क सङ्कलन गरेको छ । वडा कार्यालयमार्फत सङ्कलित तथ्याङ्क अनुसार बुधबारसम्म २१ जना मिर्गौलाका बिरामी सम्पर्कमा आएका छन् ।