१, विषय प्रवेश
पर्यटनकी रानी भनेर चिनिने बन्दिपुरको उत्तर तर्फ रहेको तनहुँको दोश्रो अग्लो शिखरको नाम हो मिर्लुङकाेट । नेपालका ७५ जिल्ला मध्ये ३७ जिल्ला तनहुँ पूर्व र ३७ जिल्ला तनहुँँ पश्चिममा पर्दथे । नेपालको संविधान २०७२ ले ७७ जिल्ला परिकल्पना गरे पछि पनि तनहुँ जिल्ला नेपालको मध्यविन्दुमा नै रहेको छ । ८३०–७५०” देखि ८४०–३४” पूर्वि देशान्तर तथा २७०–०५” उत्तरी अक्षाँस देखि २८०–०५०” उत्तरी अक्षाँशमा फैलिएको तनहूँ जिल्लाको सदरमुकाम दमौली वजार र नेपालको मध्यविन्दु शिसाघाटमा पर्दछ । तनहुँको पुरानो सदरमुकाम पहाडकी रानी बन्दिपुरमा पर्दछ । समुन्द्र सतहको ३२० मिटर उचाइ देखी २३२५ मिटर उचाइ सम्म तनहुँको भूभाग रहेको छ । मिरलुङ्गकोट तनहुं जिल्लाको उत्तरी सिमानामा पर्ने उच्च पहाडी भूभाग हो । दक्षिण ढलान परेको मिर्लुङकोट समुन्द्र सतहदेखि १६५४ मिटर उचाइमा रहेको छ । मिर्लुङकोटको उत्तर तर्फ सेता पहिरनमा सजिएका अन्नपूर्ण , लमजुङ र बौद्ध हिमालहरुको मनोरम दृष्यहरुको अबलोकन गर्न सकिन्छ भने यस्को वरपर चारैतिर लमतन्न परेका हरिया महाभारत पर्वत श्रृङखला , नदी तथा खोला खोल्सीहरुले बनाएका टारहरु देख्न पाइन्छन् । मिर्लुङकोटको उत्तर तर्फ लालीगुराँसको जङ्गल देख्न सकिन्छ भने दक्षिण तर्फ हरेपहरो मिर्लुङको टेको भएर उभिएको छ । हरेपहरोको बीचमा दाह्रा निस्किए जस्तै ठूलो ढुङ्गा पहरो भन्दा बाहिर निस्किएको छ । स्थानीय वासिन्दाहरु यसलाई चुचुरे ढुङ्गा भनी सम्वोधन गर्दछन् । झरी बादल वर्षदा हलि—गोठालाहरु यही ढुङ्गाको ओत लागेर बस्दथे । तनहुँसुरे राजा र मिर्लुङकोटे राजा बीच लडाई हुँदा तनहुँका सेनाले मिरलुङको चुचुरो ताकेर तोप हानेका थिए रे । यही हरेपहरो रहेका उक्त ढुङ्गाको फेदमा तोपको गोलीले प्वाल बनाएको रहेछ । हरेपहरालाईे तामाको धाउ हो पनि भन्ने गरिन्छ । केही वर्ष पहिले खानी तथा भूगर्भ विभागबाट यस्को सर्वेक्षण पनि भएको हो तर यस बारे स्थानीय निकाय र संघिय सरकार पनि मौन रहेको छ । हरेपहरो सम्म पुग्न ज्यादै कठिन छ। वास्तवमा मिर्लुङकोट धार्मिक सांँस्कृति र प्राकृतिक र जैविक विविधता भएको ठाउँ हो । जैविक विविधताले भरिएको रमणीय स्थलमा स्याङजा भिरकोट नुवाकोट, कास्की हुँदै अर्घौबाट पूर्व लागेका थामे अधिकारीहरु र पर्वतको ज्यामरुककोटबाट पूर्वान्मुख भएका थापा काजीहरुले मिर्लुङकोटको जङ्गललाई आवाद गरी बसोबास योग्य बनाएका हुन ।
तनहुंँको पूर्वमा गोरखा र चितवन, पश्चिममा पाल्पा ,कास्की र स्याङजा , उत्तरमा लमजुङ्ग र दक्षिणमा नवलपरासी र चितवन जिल्ला पर्दछन । तनहुँ जिल्लाको साविकका ४६ गाउं विकास समिति मध्ये मिर्लुङ्ग पनि एक गाउँ विकास समिति थियो । तर अहिले ऐतिहासिक मिर्लुङकोट राज्य भानु नगरपालिका र व्यास नगरपालिकामा विभाजित हुन पुगेको छ । मिर्लुङ्गकोटको उत्तर तर्पmको पानी ढलो रुपाकोट र रिस्ती गाविस पर्दछ भने दक्षिण तर्फको पानी ढलो मिर्लुङ्ग , क्यामिन र सतिस्वारा गा.वि.स.पर्दछन् । मिरलुङ्ग ठूलोढुङ्गा, पुलीम¥याङ्ग, कवाचित , वयापानी भञ्ज्याङ्ग , घलेगाउँ र चन्द्रावती मिरलुङ, ज्यामरुक वयापानीभञ्ज्याङ, मानेचौका , चोक पुरकोट बसन्तपुर , वाइसजँगार लगायतका स्थानहरु मिर्लुङ्गकोटका घना आवदी भएका व्यापारिक नाकाहरु हुन । तनहुँको बन्दिपुर पहाडकी रानी भनेर चिनिन्छ भने मिलुङकोट पहाडकी महरानी भन्ने गरिन्छ ।
साबिकको मिर्लुङकोट गाउँ विकास समिति विभिन्न जातजातिहरुको बसोबास युक्त कृडास्थल हो । वि.सं.२०६८को जनगणना अनुसार यहां क्षत्री ३२०५, गुरुङ्ग १५७८, ब्राह्मण १०४४, मगर ८३१, कामी ६४५,भुजेल २४८, दमै १९५, सार्की १६२ , नेवार १५२, र मुस्लिम २ समेत कुल ८१०३ जनसंख्या तथा १४४६ घरधुरी रहेको स्थान हो । यहांँका कुल जनसंख्या मध्ये १२५८ परिवार कृषि व्यवसायमा निर्भर छन भने १२५ जना सरकारी सेवामा, ४५ घरपरिवार व्यापार व्यवसायमा र १६ घरपरिवार वैदेशिक रोजगारमा गएको तथ्याङ्क जिल्ला विकास समिति तनहँुंको स्थानीय विकास सन्देशको १४औं अङ्क बोल्दछ । यस गा.वि.स.मा उद्योगधन्दा नभएकै कारण रोजगारकै लागि बाहिर जानेको संख्या अत्यधिक रहेको छ । जस्मा भारत जाने को संख्या २०३ जना र अरव तथा खाडीमुलुक जानेहरुको संख्या ४४६जना रहेको छ । जस्मा १५जना मात्र महिलाको संख्या रहेको छ । यस तथ्याङ्कले मिर्लुङ्गको वाषर््िाक प्रतिव्यक्ति आम्दानी ज्यादै न्यून देखाउंँछ । यस गा.वि.स.को प्रमुख आयश्रोत भनेको वैदेशिक रेमिटान्सबाट प्राप्त हुने रकम नै देखिन्छ । यहाँंको कुल जनसंख्यामा छ वर्ष भन्दा माथिका उमेरका ५९३६ साक्षर ९७७ जना निरक्षर रहेका छन् । त्यसै गरी यहाँ मातृभाषाको रुपमा खस, गुरुङ्ग, मगर र नेवार भाषाहरु बोल्नहरुको आधिक्यता रहेको छ ।
२, पर्यटनका सम्भावनाहरु
२.१ पर्वतारोहण
मिर्लुङकोट प्राकृति दृष्य अवलोकन गर्नेहरुका लागि उत्कृष्ट गन्तव्य को रुपमा हर्ने गरिन्छ । समुन्द्र सतहदेखि १६५४ मिटरको उचाईमा रहेको मिर्लुङकोटको पर्वतारोहण रोजाइमा पर्ने क्षेत्र हो । अग्ला हिमशिखर चढन नसक्नेहरुका लागि महभारत पर्वत श्रृङखलाका अग्ला शिखरहरु पहिलो रोजाइमा पर्दछन् । तनहुँको सगरमाथा भनेर चिनिने छिम्केश्वरी हो भने त्यस पछिको अग्लो शिखरमा मिर्लुङकोट नै पर्दछ । तनहुँको, तनहुँकोट, मैवलकोट तामाकोट पुर्कोट, कोटाथाम, राइपुरकोट, किहुँकोट, राइपुरकोट फिरफिरे , ढोरफिर्दी, चोकचिसापानी थपे्रककोट, भुजिकोट मानहुँकोट छिपछिपे, मुकुन्देश्वरी, धरम्पानी हिलेखर्क जस्ता रमणीय पहाडी श्रृङखलाहरु यस क्षेत्रमा घुमघाम गर्नेहरुको लागि पर्यटनको आकर्षण बिन्दु भएको छ । तनहुँ जिल्लाको भानु जन्मस्थल बरभञ्ज्याङ , तनहुँसुर, बसन्तपुर , पुर्कोट, चोकचिसापानी, मिर्लुङ रुपाकोट, रिस्ती सतिस्वाँरा क्यामिन लमजुङका जिता तान्द्राङ, टक्सार ,सूर्यपाल, रम्घा, समिभञ्ज्याङ, भोर्लेटार इशानेश्वर, र कास्कीका हंसपुर , रुपाकोट देउराली सिद्धे , माझठाना, पोखरा महानगर.पालिका.सम्मको पदमार्गलाई मिर्लुङ पर्यटन सूचना केन्द्र र पर्यटन बोर्डले पदमार्गमा जोडेको छ । हिंजोआज टुटेपानी, बासपानी र रयालेका होमस्टेमा भएको राम्रो प्रवन्धले मिर्लुङ जानेको संख्या दिन प्रतिदिन बढदो छ र्। अन्नापूर्ण पदमार्गलाई यही बाटो प्रयोग गरियो भने यो पदमार्गले अझ मूर्तरुप पाउने विश्वास रहेको छ । बैसाख जेष्ठ , असार तथा साउन महिनामा यात्राको छुट्टै विशेषता रहेको छ । बैसाख देखि यहाँका मगर तथा गुरुङ गाउँहरुमा कौरा नाच घन्कने गर्दछ । मिर्लुङकोटका छहरा पहरा र कन्दराहरुमा पाइने लालीगुराँस फूल र फूल सिउरेर बाटोमा हिंडने गुरुङ्से रिमैहरुको सुमधुर स्वरले बाटो हिंड्न मन नलाग्दा पनि हिंडी रहुँ बनाउँछ । चौतारा तथा विश्राम स्थलमा रिमैहरुले बेच्न राखेका अर्गानिक आँप कटहरहरु, बेलौती, भुईंकटहर, ऐसलु काफल, कटुस, जस्ता फलफूल बढी स्वादिला र रसिला भेटिन्छन् । अर्गानिक खानाले पैदलयात्रामा स्फूर्ति बढाउने गर्दछ । यी मार्गबाट पैदलै पर्वतारोहण गरियो भने ब्राह्मण क्षत्री समाज, मगर समाज, पहाडी मुस्लिम समाज र गुरुङ समाजका विभिन्न बस्ती, मठ, मन्दिर, शिद्धगुफा, रानी तिलोत्तमाले बनाएको तिलोत्तमा दर्गाह जामेमस्जिद, गुम्वा क्योहोइवो गाउँका परम्परागत जीवनशैली र संस्कृतिको आकर्षकता पाउन सकिन्छ । मिर्लुङकोट सम्म पुग्नका लागि ढुङ्गाका सिंढीहरु बनाइका छन् । १५३९ मिटर उचाईमा रहेको रानीपोखरी बि.सं.१७३९ मा यहाँकी रानी धर्मावतीले बनाएकी हुन । रानीपोखरी संगैको चौर सिपाहीहरुले परेड खेल्ने टुंडीखेलको झझल्को गराउँछ । रानीपोखरी संगै रहेको धर्मावती चौतारो अनुपम रहेको छ । मिर्लुङकोटमा शिखर कटेरी भयेंरथान,मिर्लुङकोट कालिका मन्दिर, मडकिना स्थित महादेव मन्दिर, ज्यामरुक कोट स्थित थापाहरुको थपौला दरवार, थामे अधिकारीहरुको कुलायन मन्दिर , बगाले थापाहरुको कुलायन मन्दिर यहाँका पुरातात्विक सम्पदाहरु हुन । ( श्रोत— चुँदी रम्घा पुगे पछि — केबि मसाल —इन्द्रेणी अनलाइन खबर )
“पश्चिममा मादी देखि पूर्वमा मस्र्याङदी सम्म नै फैलिएको यो डाँडाको क्यामिन, ठूलढुङ्गा मिर्लुङ , ज्यामरुक र चोक गरी पाँच शिखर यसमा रहेका छन्र । ती सबैमा अल्को चाहिं मिर्लुङ नै रहेको छ। ” ( श्रोत— मेरो प्यारो तनहुँसुर —श्रीभद्र शर्मा खनाल । बेसी देखि नै दक्षिण फर्केर तरपाया तरपाया भएर उठेको मिर्लुङको चुचुरो पुगे पछि देखिने उत्तरको हिमाली दृष्यले बाह्रै महिना मिर्लुङ बसिरहुँ बनाउँछ । मिर्लुङ्कोट पुग्ने विभिन्न पदमार्गहरु भएता पनि हाल सम्म स्थानीय निकाय तथा पर्यटन सूचना केन्द्रबाट तयार गरिएको आधिकारिक पदमार्गहरु निम्न बमोजिम रहेका छन् ।
२.१.१ क्यासमिरी पदमार्ग
सर्वप्रथम त यस क्षेत्रको विकासलाई सर्वोपरी मानी साविक क्यामिन, सतिश्वाँरा, मिर्लुङ र रिस्तीका युवाहरुले गठन गरेको एउटा महान सङकल्प नै क्यासमिरी अभियान हो । यस्मा साविक क्यामिन सतिस्वारा , मिर्लुङ र रिस्ती गाउँ विकास समितिको पहिलो अक्षरको संयोजनबाट नै क्यासमिरी शव्दको सृजना हुन पुगेको हो । आज भन्दा छ वर्ष पहिला नै जिल्ला विकास समिति तनहुँले दमौली कलेस्ती हुँदै जाने पदमार्गको रुपमा रेखाङ्कन गरेको थियो । त्यही पदमार्गलाई अनुशरण गरेर व्यास नगरपालिका तनहुँले सँभाव्यता अध्ययन गरेको थाहा हुन आएको छ । यो पदमार्ग समुन्द्र सतहको ४०० मिटरको उचाईमा रहेको कलेस्तीको सादीबगंैंचा देखि सुरु भएर १६५४ मिटर अग्लो मिर्लुङकोटपार गर्दै कुन्छा भञ्ज्याङ पुगेर समापन हुने गर्दछ । क्यासमिरी मार्गबाट पर्वत आरोहण गर्दा ७०० मिटरको उचाइमा रहेको क्यामिन छापथोक , राजापानी महादेव मन्दिर, बसाहस्थान, दर्गाह जामे मस्जिद, शिद्धगुफा, पोखरीभञ्ज्याङ, रयाले, बाँसपानी, बाघकोखोर, रानीपोखरी हुँदै मिर्लुङकोटको चुचुरोमा पुग्न सकिन्छ । यस बीचमा पदमार्गमा पर्ने पर्यटकीय सम्भावना बोकेका धार्मिक तीर्थस्थल ऐतिहासिक कोट तथा रजस्थलहरु, यहाँका परम्परागत संस्कृति तथा रीतिरिवाजहरु र प्रााकृतिक सम्पदाहरुको प्रत्यक्ष अध्ययन एवं अबलोकन गर्न सक्दछौं । यसै गरी हामी पोखरीभञ्ज्याङ, टुटेपानी सामुदायीक होमस्टे, सहिदहरुका गाउँ पुलीम¥याङ हुँदै सुन्दरबजार नगरपालिकाको वडा नं.१ कुन्छा सम्म २८ किलो मिटर दुरी पारर गरेर क्यासमिरी पदयात्राको बिट मार्न पुग्दछौं
२.१.२ भानु , बसन्तपुर, चोक हुँदै मिर्लुङ पर्यटन पदमार्ग
मिर्लुङ पर्यटन सूचना केन्द्र मिर्लुङकोटले तनहुँका ११ गा.वि.स.,लमजुङका ९ गा.वि.स र कास्कीका ५ गा.विस.का साथसाथै पोखरा महानगरपालिका सम्म करिव १२० किलोमिटरको दुरीलाई पर्यटन पदमार्गको रुपमा छनोट गरेको छ । ( श्रोत – पर्यटन विकास तर्फ लम्कदैं मिर्लुङकोट—सुवास पण्डित चितवन पोष्ट । )भानु जन्मस्थलबाट सुरु हुने यो पदमार्ग तनहुँ खण्ड मात्र हेर्दा हामी भानु न.पा.को भानु जन्मस्थल चुंदीरम्घाको बेसीबाट सुरु गरेर चन्द्रांवती हाइस्कुल, बसन्तपुर थानीमाइ मन्दिर, पुर्कोट, लौंडारीभञ्ज्याङ, चोक डाँडा , राइपाली भञ्ज्याङ र ज्यामरुक बयापानी हुँदै मिर्लुङकोट पुग्न सकिन्छ ।
चट्टान आरोहण
मिर्लुङकोटको क्षेत्रमा चट्टानबाट बनेका ठूलाठूला पत्थरे दिवारहरु प्रसस्त पाइन्छन मिर्लुङकोटको हरे पहरो यस्को लागि प्रसिद्ध छ । बिस्तारै चट्टान आरोहण लोकपिय खेल बन्दै गइरहेको अवस्थामा यहाँका हरेपहरो तथा चोकका पहरोहरुमा चट्टान आरोहणका लागि चट्टान आरोहीहरुलाई आकर्षित गर्न स्थानीय निकायहरुले चट्टान आरोहण जस्ता खेलहरुको पनि प्रतियोगिताहरुको आयोजना गरी रहनु पर्दछ । ्र
पर्वतीय उडान
जोखिम खेल खेल्न रुचाउनेहरुको लागि पर्वतीय उडान गर्नु अति प्रिय खेल हो । पैदल यात्रा गर्न नसकिने स्थानहरुको मनमोहक दृष्यहरुको अवलोकन गर्नको लागि पर्वतीय उडान विकल्पको रुपमा उभिन सक्दछ । मिर्लुङकोटको उत्तरमा लहरै देखिने धौलागिरी माछापुच्छ्रे , अन्नपूर्ण लमजुङ र बौद्ध हिमाल, व्यास तथा भानु नगरपालिका तनहुँ र मध्य नगरपालिका तथा सुन्दरबजार नगरपालिका समेतका लमजुङका पहाड पर्वत तथा वेसीका मनोरम दृष्यहरुको अवलोकन गर्न सकिन्छ । यस्का लागि पोखरा तथा पालुङटार विमानस्थल प्रयोग गर्न सकिन्छ ।
बञ्जीकुद खेल
बञ्जीकुद एक साहसिक खेल हो । भर्खर मात्र नेपालमा यस्को प्रयोग बिस्तारै बढदै गएको छ । हाल सम्म सिन्धुपाल्चोकको भोटेकोशी र पर्वत जिल्लामा वञ्जीकुद खेलले व्यवसायीक रुपमा फस्टाउँदै गएको छं । गहिरा खोँचहरुमा यस्को प्रयोग गर्न सकिने भएकोले यो खेलले पनि मिर्लुङकोटका आसपासका नदी तथा खोलाहरुले बनाएका गहिरा खोंचहरुमा प्रवेश गर्ने विश्वास लिएका छौं ।
प्याराग्लाइडिङ
जोखिम खेल खेल्न रुचाउनेहरुको लागि प्याराग्लाइडिङ अति प्रिय खेल हो । पैदल यात्रा गर्न नसकिने स्थानहरुको मनमोहक दृष्यहरुको अवलोकन गर्ने प्याराग्लाइडिङ विकल्पको रुपमा उभिन सक्दछ । धौलागिरी माछापुच्छ्रे ,अन्नपूर्ण लमजुङ र बौद्ध हिमाल, व्यास तथा भानु नगरपालिका तनहुँ र मध्य नगरपालिका तथा सुन्दर बजार नगरपालिका लमजुङका गामबेसीका मनोरम दृष्यहरुको अवलोकन गर्न सकिन्छ । मिर्लुङकोटको रानीपोखरीबाट प्याराग्लाइडिङ परिक्षण समेत भइ सकेको छ ।
क्यानोनिङ
क्यानोनिङ पनि एउटा जोखिमपूर्वक खेलिने खेल हो । चट्टान आरोहणको भाइ मानिने क्यानोनिङ खेल दिनप्रतिदिन तनहुँमा पनि जबरदस्त उपलव्ध हुँदैछ । व्यास नगरपालिकाको छाव्दी र आँबुखैरेनीको छहरामा प्रसिद्धि कमएको क्यानोनिङ खेल मिर्लुङकोटको चुंदी खोलाका शिरहरुमा पाइने छहराहरुमा पनि सुरुवात गर्न सकिने विश्वास रहेको छ ।
अल्ट्रलाइट अवलोकन
मिर्लुङकोट महाभारत पर्वत श्रृङखलामा अल्ट्रालाइट विमानबाट यहाँका पहाड पर्वत वनजङ्गल, गाउँ तथा बेसीहरुको अवलोकन गर्न सकिएता पनि यसको सहज सुविधा भने पाईंदैन । तथापि कास्कीको पोखरा विमानस्थल र गोरखाको पालुङटार विमानस्थलको प्रयोग गरेर हामीले अल्ट्रलाइट बिमानबाट यहाँको रमणीय स्थलहरु र रहरलाग्दा दृष्यहरुको सहजै अवलोकन गर्न सक्दछौं ।
पहाडी साइकल सवारी
मिरलुङकोट साहसिक साइकल यात्रीहरुको लागि स्वर्ग नै मानिन्छ । वास्तवमा स्थानिय निकायहरुले मिर्लुङ्गकोटका हरेक गामबेसीहरुमा साहसिक पहाडी साइकलको रुटहरु बनाएमा साहसिक साइकल सवारीका माध्यबाट पनि पर्यटकहरुको आकर्षण बढाउन सक्दछौं । तनहुँको सदरमुकाम दमौलीबाट मिरलुङकोट सम्म साहसिक नियमित साइकल सवारीलाई निरन्तरता दिन हामी दमौली कलेस्ती क्यामिनकोट, सतिस्वारा, पोखरी भञ्ज्याङ हुँदै मिर्लुङकोट डुमे्र , भन्सार सेपाबगैंचा र चन्द्रवती हुँदै मिर्लुङकोट सम्म उपयुक्त रुट बनाउन सक्दछौं ।
ऐतिहासिक , धार्मिक तथा सांँस्कृतिक पर्यटन
राजा धर्माङ्गद सेनको दरवार यहांँको प्रमुख ऐतिहासिक दरवार रहेको स्थल हो । यहाँको दरवार खण्डहर भएको छ । दरवारको केही तल पुरातात्विक महत्वका रानीपोखरी, धर्मावती चौतारो र ढुङ्गैढुङाले निर्माण गरिएको बाघको खोर रहेका छन् । सेन राजाहरुको दरवार र कालिका मन्दिर रहेको स्थानमा अहिले नेपाल दुरसञ्चार संस्थानको टावर बनाएर हिरालाई किरा बनाउने काम गरेको छ । यसको अलवा थामी अधिकारीहरुको राष्ट्रिय स्तरको कुलायन मन्दिर ,थापाहरुको थपौलो ज्यामरुककोट र चोकमा रहेको ऐतिहासिक घले दरवार , धामाचुली गढी र कालिका मन्दिर, क्यामिनकोटमा रहेको सेनवंशीय राजाहरुको भाइखलकको प्रशासकीय दरवार र कालिका मन्दिर, पूर्कोटमा रहेको पुरानोकोट तथा थुमथुमे राज्यको ऐृतिहासिक महत्वका अवशेष र मौजुदा संरचनाहरु पुरतात्विक सूचिमा पर्दछन ।
नेपाल एक बहुजाति, बहुभाषिक र बहुधार्मिक भएको देश हो । मिर्लुङकोटमा क्षत्री बाहुन,गुरुङ्ग, मगर, नेवार,दमाई, कामी, सार्की र पहाडिया मुस्लिमहरुको बसोबास रहेको छ । यहाँ हरेक जात जातिको आफ्नै मौलिक संस्कृतिहरु पल्लवित भएका छन् । रोदी, कौरा, सोरठी, घाटु, बालुन, चुड्का, भजन, खोइ, लाखेनाच, दुरेली ठाडोभाका आजपर्यन्त जीवन्त रहेका छन् । यहांँ हिन्दु धर्मालम्वी पछि बौद्धधर्म र मुस्लिमधर्म मान्नेहरुको बर्चस्व रहेको छ भने क्रिस्चियन धर्म मान्नेहरुको संख्या नगण्य रुपमा रहेको छ । धार्मिक हिसावले मिर्लुङकोटको पूर्वतर्फ बहने मरस्याङदी नदी र पश्चिम तर्फ बहने मादी नदीका किनारहरुमा पवित्र तीर्थस्थलहरु रहेका छन् । मरस्याङ्दी तर्फ पाउँदीघाट ,तार्कुघाट , नारिनघाट, चेपेघाट पाउँदी घाट र मादी नदी तर्फ शिसाघाट , शेषघाट, कलेस्तीघाट जस्ता पवित्र तीर्थस्थलहरु रहेका छन ।
यसका अतिरिक्त यहाँका दर्शनीय स्थलहरुमा बाँसपानी र रयाले गाउँ समिपको शिखरकटेरी भयेंरथान, हिन्दु,मुस्लिम, बौद्ध र वोन धर्मालम्वीहरुको साझा तीर्थस्थलको रुपमा रहेको सतिस्वाराको तिलोत्तमा दर्गाहजामे मस्जिद, पोखरीभञ्ज्याङ नजिकको सिद्धबाबा थान, कवाचितको महालक्ष्मी मन्दिर, सतिश्वाराको राजापानी महादेव मन्दिर, बसन्तपुरको थानीमाई पूर्कोटका कालिका मन्दिर र चन्द्रावती स्थित महादेव मन्दिर लुते वाराही मन्दिर र बसन्तपुरको थानीमाइ मन्दिर क्षेत्र यहाँंका प्रमुख धार्मिक तीर्थस्थलहरु पर्दछन । पौष,बैसाख, जेष्ठ असार साउन भदौ असोज बाहेक हरेक वर्षको कार्तिक महिनाको पहिलो सोमवार देखि मंसिर, माघ, फागुन, महिनाहरुमा थानीमाईको भाकल गरी हरेक मङ्गलवार फूलको डोली लैजाने गर्दछन ।
कुहिरोको सागर माथिको कोट
मङसिर, पौष माघ सम्मको महिनामा मिरलुङकोटबाट देखिने प्रभाती र सायंकालिन दृष्य अत्यन्तै मनमोहक देखिन्छन । बिहानको शुभ मुहुर्त देखि नै बिहानको ८÷९ बजेसम्मको समयमा वेसी तथा टारहरुमा कुहिरोले ढपक्कै ढाकेको देख्निछ । कलेस्ती रिस्ती, चुँदी, पाउँदी मादी र मरस्याङ्दी नदीको तटिय क्षेत्र र आसपासका पहाडको बीच बीच भाग सम्म लाग्ने कुिहरोले मिर्लुङकोट कुहिरोको सागर माथि पौडिरहेको हो कि भन्ने अनुभव अनुभूति हुने पर्दछ । कुहिरोले ढाकेको जति भाग समुन्द तथा हराभरा फाँट भइ दिएको भए सुनमा सुगन्ध थपे जस्तै रमाइलो हुन्थ्यो होला । सात घोडाको रथमा सवार भई गोरखाको बौद्धहिमालको चुचुरो देखि मुस्कुराउँदै उदाउने प्राकृतिक सूर्य र रम्घाको डाँडोत्राट उदाएका साहित्यिक भानुको ज्योति एकसाथ कुहिरोका सागरमा पोखिंंदा र पश्चिम क्षितिजमा सूर्य अस्ताउँदाको दृष्यबाट हुने रमाइलोको छुट्टै आनन्द प्राप्त हुने गर्दछ । त्यसका अलवा कुहिरोको सागरमा हेर्दा हेर्दै देखिने अनेकन दृष्यहरुले झन मनोरम बनाउने गर्दछ । कार्तिक महिना देखि यहाँका बारीको पाटो तथा पखेरीहरुमा लटरम्म फल्ने अर्गानिक सुन्तलाको रसस्वादनले पैदल हिंडदाको थकाइ क्षणमा नै आनन्द दिलाउँछ ।
सहिद पार्क पुलीम¥याङ
जहानीया राणा शासनको विरुद्ध बिसं.२००७ साल माघ १ गतेका दिन तनहुँको बन्दिपुरको सदरमुका कव्जा गर्ने प्रजातान्त्रिक आन्दोलनमा नेपाल सहकारी आन्दोलनका प्रथम अभियान्ता श्रीवखान सिंह गुरुङका पुत्ररत्न श्रीधर्मध्वज गुरुङ्गले सहादत प्राप्त गर्नु भएको थियो । उक्त आन्दोलनमा तनहुँसुरका धर्मराज वतास, उत्तरकुमार श्रेष्ठ, चन्द्र बहादुर सार्की, ह. सन्तबहादुर रानाले सहादत प्राप्त गर्नु भएको थियो । २००७ सालमा सहादत प्राप्त गर्ने सहिदहरुको सम्झनामा बन्दिपुरमा र तनहुँसुरको दक्षिणको सानो गढीमा सहिदहरुको पार्क बनाइएको छ । विसं.२०१७ सालमा राजनैत्तिक परिवर्तन पश्चात पुनः प्रजातन्त्रको पुनस्थापनाको संघर्षमा लालध्वज गुरुङ, सर्वसिंह गुरुङ, हस्तवीर गुरुङ, भरत गुरुङ र भारत गुरुङहरुले वीरगती प्राप्त गरेका थिए । तिनै सहिदहरुको नाउँमा पुलिम¥याङमा सहिद पार्क निर्माण गरिएको छ । यसै गरी वि.सं. २०१८सालको राजनैत्तिक आन्दोलनमा वरभञ्ज्याङ ९ का बुद्धसिंह रानाको सालिक बरभञ्ज्याङमा बनाइएको छ । वि.सं. २०४६को जनआन्दोलनमा कृष्णप्रसाद पौडेल सहादत प्राप्त गर्नु भएको थियो । समग्रमा हेर्दा तनहुँको पुलीम¥याङका पुत्र रत्नहरुले प्रजातान्त्रिक आन्दोलनमा सहादत प्राप्त गरेका थिए । यसैले पुलीम¥याङलाई सहिदहरुको गाउँ पनि भनिन्छ । नेपालको प्रजातान्त्रिक आन्दोलनमा सहादत प्राप्त गर्ने सहिदहरु प्रति भावपूर्ण श्रद्धान्जली व्यक्त गर्न सबैलाई सहिदपार्क सम्ममा जान उत्प्रेरित गर्नु हामी सबैको साझा दायित्व हो ।
साहित्यिक पर्यटन
डुम्रे देखि भानुजन्मस्थल चुँँदी सम्म १३ कि.मि.दुरीमा रहेको छ । चँुंदी रम्घा आदिकवि भानुभक्तको जन्मस्थल हो । साहित्यिक हिसावले चुँदीरम्घा नेपाली साहित्यको मूल हो । भानुकै कारण नेपालमा भाषिक एकता हुन पुगेको हो । यसैले तनहुँ जिल्ला साहित्यकारहरुले पुग्नै पर्ने ठाउँ हो । साहित्यकार आदिकवि भानुभक्त आचर्यले वाल्मिकि रामायणको भावनुवाद गरेर नेपाली भाषालाई मल जल गरे । यसका साथै उहाँका भक्तमाला रामगीता, प्रश्नोत्तरमाला र फुटकर रचनाहरुले नेपाली साहित्यको भण्डारणमा थपथाप गर्न सहयोग पुराएको थियो । भानुभक्तकै सिको गरेर मिर्लुङ्गका भञ्ज्याङ चौतारी देखि चारैतिर पाइने लालीगुराँस कानमै सिउरेर “ म त लालीगराँस भएछु वनैभरी फुली दिन्छु मनैभरी फुली दिन्छु ” गीतका रचनाकार तथा गायक कवि क्षेत्रप्रताप अधिकारी यही मिर्लुङकोटको कवाचितमा जन्मनु भएको थियो । मिरलुङकोटको लालीगुराँसको फूलका करेसीहरुले यहाँ आउने जो सुकैलाई पनि लोभ्याउने गर्दछ । आदिकवि भानुभक्त र क्षेत्रप्रताप अधिकारीको जन्मथलोमा आउन चाहने पर्यटकहरुलाई लक्षित गरेर साहित्य सुधाको मूलथलोको गुरु योजना तयार गरेर साहित्यिक पर्यटनको विकास बढाउन सकिने विषयमा दुइमत नहोला ।
कृषि तथा सहकारी पर्यटन
पुलीमराङ्ग नेपाल सहकारी आन्दोलनका ( शिर्षपुरुष) प्रथम अभियान्ता बखानसिंह गुरुङको जन्मस्थलो हो । उहाँ वि.सं. १९५६ बैसाख ५ गतेका दिन जन्मनु भएको थियो । पुलिमराङ मिर्लुङ्गकोटको उत्तरी पानी ढलोमा पर्दछ । बखानसिंह गुरुङ्गको जन्मस्थल पुलीमराङ भएतापनि कर्मथलो भने भने चितवनको शारदानगर हो । अहिलेको परिवेशमा नेपालमा लगभग ३३ हजार भन्दा बढी सहकारी संस्था दर्ता भइ सकेका छन् । अर्को तर्फ बैदेशिक रोजगार छाडेर गाउँकै १२२ रोपनी क्षेत्रफल जग्गामा व्यवसायीक कृषि तथा पशुपालनम गर्न भानु न.पा.१२ घलेछाप मिरलुङ निवासी राजेन्द्र अधिकारीले मिर्लुङ बहुउद्धेश्यीय कृषि फर्म दर्ता गर्नु भएको छ । उक्त फर्ममा स्वयं आफैलाई समर्पित गरेर लोकल कखुरापालन, बाख्रापालन, मौरीपालन र भैंसीपालन गरेर राम्रो आम्दानी गर्दै आउनु भएको छ । विदेशमा भन्दा स्वदेशमा नै रहेर काम गर्नलाई युवाहरुमा हौसला प्रदान गर्नु भएको छ । मिर्लुङकोटको सेरोफेरोमा साथ फलफूल तथा कृषि सहकारी संस्था , कालिका बचत तथा ऋण सहकारी संस्था, बखानसिंह महिला उद्यमी सहकारी संस्थाहरु खुलेका छन । कृषि सहकारी संस्थाहरुले कृषि उत्पादनमा विशेष जोड दिएमा यहाँका प्राइभेट तथा सहकारी संस्थाहरुले गरेका कृयाकलापको अध्ययन अबलोकन गर्न आउने प्राइभेट व्यक्ति, फर्म एवं सहकारी संस्थाहरु उत्प्रेरित हुने गर्दछन् ।
हरेक वित्तिय संस्थाको पदाधिकारी तथा सदस्यहरु नयाँ नयाँ अनुभव बटुल्न विभिन्न सहकारी संस्थाहरुको भ्रमणमा गइरहने गर्दछन् । यसरी हाम्रो क्षेत्रमा पनि राम्रा राम्रा सहकारी संस्थाहरु र पुलीम¥यााङमा सहकारी प्रशिक्षण केन्द्र स्थापना गर्न सकियो भने सहकारी कर्मीहरुलाई नेपाल सहकारी आन्दोलनका प्रथम अभियन्ताको जन्मथलो सम्म जाउँजाउँ बनाउन सकिन्छ । प्रजातन्त्रका साथै सहकारी आन्दोलनका अभियान्ता बखान सिंहको सालिक निर्माण गर्नु र उहांको जीर्ण घरलाइ संरक्षण र सम्वर्धन गर्नृु हामी सवै नागरिकहरुको समान दायित्व हो भन्ने हामीलाइ लागेको छ यसरी यस क्षेत्रमा सहकारी पर्यटन अभिबृद्धि गर्न सकिन्छ भन्ने दृड विश्वास रहेको छ । मिर्लुङ्गकोटलाई कृषि तथा सहकारी पर्यटन मैत्री क्षेत्र घोषणा गर्न सवैले होस्टेमा हैंसे गरौ यहि नै हाम्रो गन्तव्य स्थलको यो यात्राले पर्यटन मैत्री क्षेत्रको जग सिलन्यासको पूर्वाधार तयार गर्नेछ भन्ने हामीले महसुस गरेका छौं ।
वहित जाने (Rafting )
पहाडबाट तिव्र गतिमा बहेका जलश्रोतहरुबाट मिर्लुङकोटको नदी भेगका प्राकृतिक तथा जातिय सांस्कृतिको जानकारी लिन वहित जाने ( Rafting ) ज्यादै उपयोगी मानिन्छ । मिर्लुङकोटका राज्यको पूर्वी सिमानामा तेजधारका साथ बहने मरस्याङदी नदीमा लगातार ४ चार दिन सम्मको चुनौतिपूर्ण जलयात्रा (Rafting ) गर्न सकिन्छ ।
३, मिर्लुङमा पर्यटन व्यवसायका चुनौतिहरु
प्राकृतिक विपत्ती तथा महामारी : नेपाल भूकम्पीय जोखिम युक्त क्षेत्र हो । यहाँ पटक पटक ठूलाठूला भूकम्पहरु गइरहने गर्दछन् । पहाडी क्षेत्र भएकोले अतिवृष्टि हुँदा नदीमा बाढी आउने र अग्ला डाँडाकाँडामा आउने पहिरो जस्ता प्राकृतिक विपत्तीहरुले पनि धेरथोर प्रभाव पारेकै हुन्छ । विश्वव्यापि फैलिएको कोरोना भाइरस महामारीका कारण पनि पर्यटन व्यवसायमा सून्यतामा झरेको छ । लकडाउनका कारण विश्वकै उत्कृष्ट पदमार्ग मध्यको एक अन्नपूर्ण आधार शिविर जाने पदमार्ग सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड अप्नाउँदै यतीखेर पर्यटन व्यवसायी स्वयंले बन्द गरेकै कारण पनि पर्यटक आउने बाटो बन्द हुन पुगेको छ ।
नीतिगत निर्णयको अभाव : डुम्रे हुँदै गइने अन्नपूर्ण आधार शिविर पदमार्ग डुम्रे वेसीशहर राजमार्ग हुँदै जाने गर्दछ । डुम्रे भन्सार तुरतुरे भोटेओडार हुँदै गइने अन्नपूर्ण आधार शिविर पदमार्गलाई डुम्रे, भन्सार, मिर्लुङकोट गएर कम्तिमा एक रात बिताई सुन्दरबजार, भोटेवडार हुँदै जाने नीतिगत निर्णय गर्न सकियो भने मिर्लुङकोटमा आन्तरिक पर्यटनका साथसाथै बाह्य पर्यटन फस्टाउने कुरामा दुइमत नहोला ।
मिर्लुङकोटको पर्यटन विकास नहुनुमा स्थानीय निकाय बनाउन नसक्नु : नेपालको संविधान २०७२ लागु भए पछि तनहुँमा रहेका ४६ गाउँ विकास समिति र एक नगरपालिका समेतलाई नयाँ सरचना निर्माण गर्दा १३ गोटा सम्म स्थानिय निकायहरुको गठन गर्न सकिने अवस्था हुँदा हुँदै १० गोटा मात्र स्थानीय निकायहरु गठन गरिएका थिए । क्यामिन सतिस्वाराँ मिर्लुङ , रिस्ती, चोक र रुपाकोट गाउँ विकास समितिहरुलाई मिलाएर बखानसिंह गाउँपालिका बनाउन सकिन्थ्यो । कोही काङग्रेसका नेताहरु क्यासमिरी क्षेत्रलाई व्यास नगरमा मिलाउन र कोही भानु नगरपालिकामा मिलाउन चाहन्थे । कम्युनिष्ट नेताहरु रुपाकोट, चोकचिसापानी र पुर्काेट मिलाएर मरस्याङदी गाउँपालिका बनाउने अभियानमा सक्रिय बनेका थिए । काङग्रेस र कम्युनिष्ट पार्टीहरुको भोटको जनाधारलाई जोड घटाउ गरेर राजनैत्तिक दाउपेच बढाउँदै जाँदा सिङ्गो पुरानो मिर्लुङकोट पर्वतीय श्रृङखला गाउँपालिका बन्न नै सकेन ।
मिर्लुङकोट क्षेत्रलाई दुइपालिकामा विभाजन गर्नु : २२से चौविसेकालको मिर्लुङकोट राज्य स्थानीय पालिकाहरुको नयाँ संरचना तयार गर्दा पनि एउटा भूगोलभित्र राख्न नसक्नुनै यस्को लागि अभिसाप बनेको छ । व्यास नगरपालिकाले बजेटको अधिकाँश रकम व्यास १,२,३,४,५, र ६ न.वडामा प्रयोग भइरहेको छ भने भानु नगरपालिकाको नजरमा पनि मिर्लुङकोट उपेक्षित बनेको छ । गाउँपालिकाको संरचना तयार हुनु पूर्व यहाँका युवाहरुले क्यासमिरी आन्दोलन चलाएका थिए । क्यासमिरी ( क्यामिन, सतिस्वाँरा , मिर्लुङ, र रिस्ती) एक बनाउने आन्दोलन त्यसै तुहिएर गयो । क्यासमिरी आन्दोलनका अभियान्ताहरु कहाँ पुगे भन्न सकिंदैन । काङ्रग्रेस र कम्युनिष्ट नेताहरुको चक्रव्युहमा फसेका अभियान्ताहरुले आफनो आन्दोलनलाई गर्भमा नै तुहाइ दिए जस्का कारण क्यासमिरी आन्दोलन बाटो नपाएर भुमरीमा रुमल्लिएको छ । यो आन्दोलनले सार्थकता पाएको भए मिर्लुङकोटले न व्यास नगरपालिकाको न भानु नगरपालिकाको मुख ताकेर नै बस्नु पर्दथ्यो । सिङ्गो मिर्लुङ्गकोट व्यास नगरपालिका र भानु नगरपालिकामा विभाजन हुनाले यस्को स्व—अस्तित्व स्वाहा हुन पुगेको थियो । विभाजनको भेलले आज मिर्लुङकोट आफ्नो विकास आफै गर्न बाट बञ्चित हुन पुगेको छ ।
स्थानिय निर्वाचित जनप्रतिनिधिहरु उदासिन रहनु : बन्दिपुर गाउँपालिकाकाले बन्दिपुरलाई पहाडकी रानी बनाउन बिस वर्षे रणनैतिक योजना तर्जुमा गरेको छ । पाल्पाका राजा मणि मुकुन्दसेनले निर्माण गरेको दरवार र मुकुन्देश्वरी मन्दिर सम्म पुग्नको लागि चीनको ग्रेटवालको झझल्को दिने गरी रु सात करोडको लागतमा मिनी ग्रेटवाल बनाई रहेको छ । बन्दिपुर बजारको टुंडीखेल र डिक्चे डाँडामा बाँध बाँधेर कृत्रिम ताल निर्माण गरेर पर्यटन व्यवसायलाई थप आकर्षण दिन खोजि रहेको छ । व्यास नगरपालिकाकाले महर्षि वेदव्यासको १०८ फिट अग्लो मूर्ति निर्माण गर्नमा सात करोड बजेट विनियोजन गरेको छ तर मिर्लुङकोट पर्यटन अभिबृद्धिका लागि बर्षको एक पटक मानुङ देखि पुलिम¥याङसम्म अल्ट्राम्याराथन दौड राखेर झारा टारेको छ । तर भानु नगरपालिकाको श्रीपेचको रुपमा रहेको मिर्लुङकोट सम्म पुग्न भानु नगरपालिकाले कुनै भौतिक पूर्वाधार निर्माणकार्यमा चासो दिन सकिरहेको छैन । संघिय तथा प्रदेश सरकारकारको सहयोले भानु मार्ग को पिच कार्य चन्द्रावती सम्म पुगेर अल्झिएर बसेको छ । चन्द्रावती देखि माथि जाने भि.सि मार्ग, चन्द्रावती कवाचित मार्ग , चन्द्रावती पोखरी भञ्ज्याङ मार्गहरु असरल्ल नै छन् । पर्यटन व्यवसाय नगरको प्रमुख आयश्रोत सम्झेर मिर्लुङकोटको धर्माङ््गद सेनको दरवार, चोकको घले राजाको दरवार, पुर्काेटको पार राजाको दरवार र मिर्लुङकोटका अन्तिम राजा चन्द्र सेनले बनाएको चन्द्रावती नगरको विकासमा भानु नगरपालिकाले केही रुचि देखाएको पाईदैन । जनप्रतिनिधि उदासिन रहनाले पहाडकी महारानी मिर्लुङकोटले आफ्ना रमणीय दृष्यहरुलाइ सुजेरोमा पोको पारेर फुङ्ग उडेको अनुहार लिएर बिरक्तिएर बसेकी छे ।
४, मिर्लुङकोट कसरी पुग्न सकिन्छ
भानु नगरपालिका शिर बनेर उभिएको मिरलुङकोट पुग्न सकिने प्रसस्त कच्ची मोटर मार्गहरु रहेका छन् । कच्ची मोटरबाटो र पदमार्गहरु भए तापनि सबै बाटाहरु कच्ची हुनाले, पिच सडकको भने अभाव रहेको छ । भरपर्दो सार्वजनिक यातायात सेवाको अभाव नै यहाँको मूल समस्या हो । मिर्लुङकोट सम्म पुग्नलाई हामीले मुख्यत ३ वटा मार्गहरुलाई अप्नाउन सक्दछौं । जस्मा पहिलोमा दमौली , कलेस्ती दुइपिपले सोतीपसल , पुलिम¥याङ र पोखरीभञ्ज्याङ बाँसपानी रयाले हुँदै मिर्लुङकोट , दोश्रोमा दमौली , कलेस्ती बिरता,समजुर पोखरीभञ्ज्याङ हुँदै मिर्लुङकोट (२६कि.मि) तेश्रोमा दमोैली देखि डुम्रे (१८ कि.मि) डुम्रे देखि चन्द्रावती (१६.५ कि.मि.) पर्दछ । चन्द्रावती बजारबाट विभिन्न ५ वटा सहायक मार्ग मार्फत मिर्लुङकोट सम्मको यात्रा तय गर्न सक्दछौं । चन्द्रावती देखि समजुर, पोखरीभञ्ज्याङ हुँदै मिर्लुङकोट (८.५), चन्द्राववती देखि घलेछाप, वयापानी भञ्ज्याङ ( १० कि.मि), वयापानीभञ्ज्याङ देखि रयाले हुँदै मिर्लुङकोट (३ कि.मि), चन्द्रावती देखि कवाचित ( ६ कि.मि.) र चन्द्रावती देखि मिरलुङकोट ३ कि.मि.लाई रोज्न सक्दछौं । चन्द्रावती बजारबाट रतनपुर, आरबाजे, राइपाली भञ्ज्याङ पनि जान सकिन्छ । डुम्रे बेसीशहर मोटरमार्ग बन्नु भन्दा पहिले लमजुङको सुन्दर बजार , भोटेवडार बेसीशहर मनाङ सम्म जानको लागि यही बाटो प्रयोग गरिन्थ्यो । ( श्रोत– तनहुँको मिर्लुङ पर्यटकीय केन्द्र बन्दै —सुवास पण्डित अन्लाइन खवर २०७२ कार्ति १ ) बैकल्पिक मार्गका रुपमा हामीले दमौली डुम्रे लमजुङको सुन्दरबजार कुन्छा पुलिम¥याङ,पोखरीभञ्ज्याङ हुँदै मिर्लुङकोट ; दमौली डुम्रे मानेचौका, वयापानी भञ्ज्याङ पोखरीभञ्ज्याङ हुँदै मिर्लुङकोट र दमौली दुइ पिपले, सोतीपसल , कुन्छा भञ्ज्याङ , पुली म¥याङ हुँदै मिर्लुङकोट सम्म पुग्ने एउट सरल र सहज मार्ग टुटेपानी नै हो । नेपालको प्रजातान्त्रिक आन्दोलनमा सहादत प्रप्त गर्ने सहिदहरुको जन्मस्थलो हो पुलिम¥याङ । यही पुलीम¥याङ साविक मिर्लुङकोट गाउँपञ्चायत भित्र पर्दथ्यो तर आजकल व्यास नगरपालिकाको वडा नं ७ मा पर्दछ ।
पर्यटन विभागले तोकेका पदमार्गलाई वेवास्ता गर्दै नयाँ संँरचनाका तयार गर्नु
करस्याङ्दी र मरस्याङ्दी नदीका बीचमा उभिएको मिर्लुङकोट पर्यटनका दृष्टिकोणले हराभरा क्षेत्र हो । मिर्लुङकोट पर्यटन सूचना केन्द्रले मिर्लुङमा पर्यटनको आवस्यक पूर्वाधार तयार गर्ने अभियान नै चलाएको छ । तनहुँका ११ गावि.स., लमजुङका ९ गा.वि.स र कास्की ५ गा.विस र पोखरा महानगरपालिका सम्म करिव १२० किलोमिटरको दुरीलाई पदमार्ग छनोट गरेको छ । ( श्रोत – पर्यटन विकास तर्फ लम्कदैं मिर्लुङकोट — सुवास पण्डित — चितवन पोष्ट ) यस मार्गलाई पर्यटनवोर्डले आफनो सम्पती स्वीकारी सकेको छ। । जस्मा तनहुँका जारकाटे भञ्ज्याङ, अर्चले भञ्ज्याङ, लौडारी भञ्ज्याङ,मुलाबारी भञ्ज्याङ, शक्ति भञ्ज्याङ, वयापानी भञ्ज्याङ, कुन्छा भञ्ज्याङ समेतका रमणीय भञ्ज्याङहरु र मिर्लुङकोट पुर्काेट ज्यामरुककोट क्यामिनको र ज्यामरुककोटहरु पनि यही मिर्लुङकोटमै पर्दछन । मिर्लुङ पर्यटन सूचना केन्द्र र पर्यटन विकास केन्द्रले तय गरेको पदमार्गलाइ चटक्क बिर्सेर राजनेताहरुको आफ्नै लहडमा विभिन्न पर्यटनका पदमार्गहरु निर्माण गरिएका छन् । जस्लाई मिर्लुङ पर्यटन पदमार्गलाई अपाङ्ग बनाउने प्रयत्नहरु हुन भन्न सकिन्छ ।
मिर्लुङकोट पर्यटन प्रबद्र्धनका प्रयासहरु
वि.सं. २०६७ साल देखि नै मिर्लुङकोटको पर्यटन प्रवद्र्धनका लागि नागरिकहरुको तर्फबाट प्रयासहरुको सुरुवात भएको हो । अध्यक्ष सुशिलचन्द्र भण्डारी र उपाध्यक्ष हरिराम थापाको संयुक्त नेतृत्वमा मिर्लुङकोट पर्यटन सूचना केन्द्रको स्थापना भए पछि मिर्लुङकोटमा पर्यटन प्रवर्धनका विषयले महत्व पाउँदै गएको हो । सहकारी क्षेत्रले मिर्लुङकोटलाई सहकारी पर्यटन मैत्री क्षेत्र बनाउने अभियान नै चालेको थियो । तनहुँ जिल्लाका सहकारी कर्मीहरुको सात सदस्यीय टोलीले वि.सं.२०६९ साल असोज १६ गतेका दिन मिर्लुङको प्रथम भ्रमण गरेको थियो । यस अभियानका सदस्यहरुमा देवी बहादुर बस्न्यात, फूलमती थापा, शम्भु अधिकारी, कृष्ण बहादुर गुरुङ, रामबाबु अधिकारी, शान्ता उपरकोटी र तिल बहादुर थापा रहनु भएको थियो ।यसै गरी २०६९ र २०७० सालमा मिर्लुङकोटको रानीपोखरीमा आयोजना गरिएको मिर्लुङकोट महोत्सवमा उल्लेखनीय सहभागिता जनाएको थियो । जिल्ला बचत संघ तनहुँ र राष्ट्रिय सहकारी बैंक तनहुँको आयोजनामा २०७० मिर्लुङकोटमा प्रथम सहकारी मैत्री भ्रमण आयोजना गरेको थियो । यो समयमा जिल्ला सहकारी संघका अध्यक्ष पुरुषोत्तम काफले , तनहुँ बचत संघका अध्यक्ष देवी बहादुर बस्नेत , राष्ट्रिय सहकारी बैंक तनहुँका संयोजक श्रीप्रसाद भट्टराई , व्यास न.पा.का प्रथम नगरप्रमुख तारा प्रसाद श्रेष्ठको नेतृत्वमा ४० जना सहकारी कर्मीहरुले रयाले बासपानी टुटेपानी, पुलीम¥याङ र ज्यामरुककोट भ्रमण गरेका थिए । तनहुँ जिल्लामा पहिलो अकला सहकारी संस्था दर्ता भएको शुभमुहुर्त पारेर तनहुँ जिल्लाका सहकारी कर्मीहरुको मिति २०७०चैत्र १७ गतेका दिन भएको सम्मेलनले मिर्लुङकोटलाई सहकारी मैत्री क्षेत्र विकास घोषणा गर्ने बचनबद्धता प्रकट गरेको थियो । सन्ताउन्नौं राष्ट्रिय सहकारी दिवसको सन्दर्भमा तनहुँ जिल्लाका सहकारी कर्मीहरु २०७० चैत्र २० गतेका दिन नेपाल सहकारी आन्दोलनका प्रथम अभियान्ता बखान सिंह गुरुङको जन्मस्थल पुलीमराङ पुगेर कार्यक्रम सम्पन्न गरेको थियो ।
यसै गरी मिर्लुङकोटको पर्यटन पबद्र्धन गर्नका लागि मिर्लुङ पर्यटन सूचना केन्द्र गठन भएकै समयमा रु ३ लाख, ०६८।०६९मा ५ लाख, २०७०।७१मा ७ लाख, ०७१। ७२ मा १० लाख, रुपैयाँ मिर्लुङकोटको पर्यटन विकासमा खर्च भइ सकेका छन् । सोही समय देखि प्रत्येक ्वर्ष मिर्लुङकोटमा मेला—महोत्सवहरु निरन्तर सञ्चालन हुँदै आएका छन् । ( श्रोत—तनहुँको मिर्लुङ पर्यटकीय केन्द्र बन्दै — सुवास पण्डित अनलाइन खवर ) यसै गरी बासपानी आमा समुहको तत्वावधानमा मिर्लुङकोट पर्यटन प्रवद्र्धन गर्ने हेतुले इन्द्रेणी टिम सन २०१८ को मार्च महिनामा मिर्लुङकोट पुगेर दोहोरी गीतको आयोजना गरेको थियो ।
५, अन्त्यमा
पर्यटनको महारानी भएर पनि मिर्लुङकोटमा पर्यटन विकासमा पछाडी परेको छ । यातायात र शिक्षाको पहुँचको असुविधाका कारणले यस क्षेत्रबाट बसाई सर्नेहरुको आधिक्यताले मिर्लुङका गाउँ बस्तीहरु उजाडिंदै गएका छन् । रोजगारका कारणले पनि गाउँका बस्तीका आवादीहरु शहरतर्फ उन्मुख हुँदा गाउँ खण्डहर हुँदै गएका हुन । प्राकृतिकता का सुन्दरले परिपूर्ण मिर्लुङमा पर्यटन सम्वन्धि पूर्वाधार विकास गर्न सकिरहेको छैन । पर्यटनको पूर्वाधार विकासको लागि यस क्षेत्रमा सुविधा सम्पन्न होटल तथा रेष्टुरेण्ट र होमस्टे ( घरवास) हरुको प्रवर्धन गर्नु जरुरी छ । स्तरीय होटल तथा रेष्टुरेण्टहरुको अभाव भए तापनि यहाँ घरवास कार्यक्रमको भने राम्रो व्यवस्था छ । गण्डकी प्रदेश भित्रको नमुना होमस्टे रहेको टुटेपानीमा ६० ÷७० घरमा घरवास कार्यक्रम रहेको छ । (श्रोत – उपेक्षमा मिरलुङकोट क्षेत्र — गलगुरुङ भञ्ज्याज्याङ दैनिक ) मिर्लुङकोट आउने पर्यटकहरुलाइृ यस कार्यक्रमले सहयोग पुगेता पनि पर्यटन विकासमा स्थानिय निकायको भूमिका अत्यन्त महत्वपूर्ण रहनु पर्ने हो तापनि उदास देखिन्छ । मिर्लुङकोट पुग्ने पर्यटकहरुले आफै क्याम्प खडा गरेर बस्ने गरेको पनि पाइएको छ । पर्यटनको विषयमा सचेतना जगाउन सकेमा यहाँका ऐतिहासिक, धार्मिक, सांस्कृतिक , साहित्यिक र प्राकृतिक पर्यटन प्रवद्र्धन गर्न सकिन्छ । सांस्कृतिक हिसावले धनी गुरुङ मगर समाजमा लोकप्रिय रोदी , दोहरी, पाउँदुरे ,सोरठी, घाटु र कौरा जस्ता गीत संगीत र नाचहरुले पर्यटकहरुलाई थप आकर्षण गराउँदछ । हुन पनि आजको परिवेशमा पर्यटन व्यवसाय नै एउटा देशको आर्थिक समृद्धि र नागरिकहरुको जीवनस्तर उच्च राख्ने मेरुदण्ड बन्न पुगेको छ । ग्रामिण पर्यटनकै माध्यमबाट मिर्लुङकोटको भविष्य उज्ज्वलमय देखिन्छ । पर्यटनका प्रचुर सम्भावना बोकेको मिर्लुङकोट पछाडी पर्नुमा लज्जावोध भएको छ । लाजलाई काजमा परिणत गर्न सकियो भने भानु नगरपालिका एवं समग्र तनहुँकै कायापलट हुन कुरामा निर्विवाद सत्य छ ।