दमाैली, १० असार । तनहुँको म्याग्दे गाउँपालिकाले आर्थिक वर्ष २०८२÷८३ का लागि रु ६८ करोड ७६ लाख ३६ हजारको अनुमानित बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाको आज आयोजित गाउँसभामा उपाध्यक्ष बालकृष्ण घिमिरेले आगामी वर्षका लागि अनुमानित आयव्यय विवरण प्रस्तुत गरेका हुन् ।
जसमध्ये चालुतर्फ रु ४७ करोड ४७ लाख र पुँजीगततर्फ रु २१ करोड ३५ लाख विनियोजन गरिएको छ । कुल बजेटमध्ये चालुतर्फ ६८ दशमलब ९४ र पुँजीगततर्फ ३१ दशमलब छ प्रतिशत बजेट विनियोजन गरिएको छ ।
सङ्घीय सरकारबाट वित्तीय समानीकरण अनुदानबाट रु नौ करोड ४६ लाख, सशर्त अनुदानबाट रु ८० लाख, चालुबाट रु १८ करोड, राजश्व बाँडफाँटबाट रु आठ करोड ४५ लाख, गण्डकी प्रदेश वित्तीय समानीकरणबाट रु एक करोड, प्रदेश राजश्व बाँडफाँडबाट रु ८८ लाख, राष्ट्रपति शैक्षिक सुधारबाट रु ९० लाख र सडक बोर्डबाट रु २३ लाख प्राप्त हुने अनुमान गरिएको घिमिरेले जानकारी दिए ।
गाउँपालिकाले वडातर्फ वडा नम्बर १ का लागि रु ५१ लाख, वडा नम्बर २ का लागि रु ५३ लाख ८६ हजार, वडा नम्बर ३ का लागि ४३ लाख ३९ हजार, वडा नम्बर ४ का लागि रु ४७ लाख १७ हजार, वडा नम्बर ५ का लागि रु ५१ लाख ४१ हजार, वडा नम्बर ६ का लागि रु ५२ लाख ४५ हजार र वडा नम्बर ७ का लागि रु ४९ लाख ९७ हजार विनियोजन गरेको छ ।
आर्थिक विकासतर्फ रु चार करोड ७३ लाख ७१ हजार, उद्योग शाखातर्फ रु १२ लाख ६० हजार, सामाजिक विकासतर्फ रु ३४ करोड २९ लाख १५ हजार, शिक्ष तथा खेलकुदतर्फ रु १५ करोड ४७ लाख, सामाजिक सुरक्षा भत्तातर्फ रु १३ करोड, वन तथा वातावरणतर्फ रु तीन करोड ९५ लाख, सुशासनतर्फ रु दश करोड १४ लाख ५० हजार विनियोजन गरिएको छ ।
आगामी वर्षका लागि भौतिक पूर्वाधार, ल्याण्डफिल्ड साइट, कृषि तथा पशुक्षेत्रको आधुनिकीकरण, शिक्षा, स्वास्थ्य, खानेपानीमा पर्याप्त बजेट विनियोजन गरिएको घिमिरेले उल्लेख गरे ।
चालु आर्थिक वर्ष २०८१÷८२ मा जेठ मसान्तसम्मको अवधिमा ५८.४२ प्रतिशत बजेट खर्च भएको घिमिरेले जानकारी दिए । त्यसमध्ये चालुतर्फ ७१.४ र पुँजीगत ४२.८९ प्रतिशत बजेट खर्च भएको उनकाे भनाइ छ ।