ऋषिङको बजेट रु ५२ करोड : सबै वडा कार्यालयसम्म पक्की सडक (पूर्णपाठ)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • ऋषिङ

    ऋषिङको बजेट रु ५२ करोड : सबै वडा कार्यालयसम्म पक्की सडक (पूर्णपाठ)

    खबरपुञ्ज संवाददाता

    ९ असार २०७८, बिहीबार

    ऋषिङ : तनहुँको ऋषिङ गाउँपालिकाले आगामी आर्थिक वर्ष ०७८÷७९ का लागि रु ५२ करोडको अनुमानित बजेट प्रस्तुत गरेको छ । बिहीबार आयोजित नवौ गाउँसभामा उपाध्यक्ष गिनुमाया थापाले आगामी वर्षको बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।

    गाउँपालिकालाई सङ्घ सरकारको समानीकरण अनुदानबाट रु दश करोड, राजश्व बाँडफाँडबाट रु आठ करोड ५४ लाख ३० हजार, प्रदेश सरकारको समानीकरण अनुदानबाट रु एक करोड १९ लाख ५३ हजार, राजश्व बाँडफाँडबाट ६४ लाख र सङ्घ सरकारको सशर्त अनुदानबाट रु २१ करोड ८६ लाख आम्दानी हुने अनुमान गरिएको छ ।

    गाउँपालिकाको केन्द्रबाट सबै वडामा पुग्ने बाटोलाई कालोपत्रे गर्ने नीति अवलम्बन गरिएको अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार भिरकोट दुबुङ कालोपत्रे अगाडी बढाउने, ढुङ्गाढे रुपटारमा शुरु भएको कालोपत्रे निरन्तरता दिने, अ‍ैरी राम्जाकोट बाटो कालोपत्रे गर्ने नीति अवलम्बन गरिएको छ । त्यस्तै गाउँपालिकाले सुत्केरी पोषण भत्ता कार्यक्रम शुरु गर्ने भएको छ ।

    अपाङ्गता भएका ग र घ वर्गका व्यक्तिलाई वार्षिक रुपमा सहायता भत्ता वितरण गरिने भएको छ । एक घर ः एक धारा, खरमुक्त घर, प्रत्येक विद्यालयमा इन्टरनेट जडान, प्राविधिक विद्यालय सञ्चालन, सहाराविहिनलाई घर बनाउने नीति गाउँपालिकाले लिएको छ ।

    पूर्णपाठ

    नीति-तथा-कार्यक्रम-rishing