ट्राइबेकरमा स्वीट्जरल्याण्डलाई हराउँदै स्पेन सेमिफाइनलमा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    ट्राइबेकरमा स्वीट्जरल्याण्डलाई हराउँदै स्पेन सेमिफाइनलमा

    खबरपुञ्ज संवाददाता

    १८ असार २०७८, शनिबार

    एजेन्सी : दश खेलाडीमा सीमित स्वीटजरल्याण्डलाई ट्राइबेकरमा पराजित गर्दै स्पेन युरोकपको सेमिफाइनलमा प्रवेश गरेको छ । निकै रोमान्चक खेलमा ट्राइबेकरमार्फत् ३-१ ले पराजित गर्दै स्पेन सेमिफाइनल प्रवेश गरेको हो ।

    निर्धारित ९० मिनेटमा दुवै टिमबाट १/१ गोल भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। थप ३० मिनेटमा पनि कुनै गोल नभएपछि खेल ट्राइबेकरबाट टुङ्गिएको हो।

    स्पेनले खेलको आठौं मिनेटमा आत्मघाती गोलबाट अग्रता बनाएको थियो। स्वीट्जरल्यान्डका डेनिस जाकारियाले आत्मघाती गोल गरे ।स्पेनका जोर्डी अल्बाले बक्स बाहिरबाट प्रहार गरेको बल डेनिसलाई लाग्दै गोलमा परिणत भएको थियो ।

    खेलको दोस्रो हाफको ६८ औं मिनेटमा कप्तान जद्रान शाकिरीले गोल गर्दै स्विट्जरल्यान्डलाई १-१ गोलको स्थितिमा ल्याएका थिए ।खेलको ७८ औं मिनेटमा रेफ्रीले स्वीट्जरल्यान्ड फ्रिउलरलाई रेड कार्ड दिएसँगै १० खेलाडीमा सीमित बनेको थियो ।