कोपा अमेरिका : पारग्वेलाई हराउँदै पेरु समेमिफाइनलमा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    कोपा अमेरिका : पारग्वेलाई हराउँदै पेरु समेमिफाइनलमा

    खबरपुञ्ज संवाददाता

    १८ असार २०७८, शनिबार

    एजेन्सी : पाराग्वेलाई सडन डेथमा ४-३ ले पराजित गर्दै पेरुले कोपा अमेरिकाको सेमिफाइनलमा स्थान पक्का गरेको छ ।

    ओलिम्पिको फुटबल मैदामा शनिबार बिहान भएको खेल निर्धारित ९० मिनेट र अतिरिक्त समय ३-३ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुट आउटमा पुगेको थियो ।

    पेनाल्टी सुटआउटमा पेरुका जियानलुका लापडुला, भिक्टोर योटुन र रेनाटो टापियाले गोल गर्दा स्याटियागो ओर्मिनो र क्रिस्टियन क्युभा भने चुके ।

    पाराग्वेका लागि एन्जल रोमोरो, जुनियर अलोन्सो र रोबर्ट पेरिसले गोल गर्दा ब्रयान सामुडियो र हेक्टर मार्टिनेजले भने गोल गर्न सकेनन् ।

    पेनाल्टी सुट आउट पनि ३-३ को बराबरीमा सकिएपछि खेलको निर्णय सडन डेथबाट लिइएको थियो ।

    जसमा पेरुका मिगुइल ट्राउका सफल हँदा पाराग्वेका एल्बर्टो स्पिनोलाले भने गोल गर्न सकेनन् । 

    खेलको ११ औँ मिनेटमा गुस्ताभो गोमेजले गोल गर्दै पाराग्वेलाई अग्रता दिलाएका थिए ।

    २१ औँ मिनेटमा जियानलुका लापडुलाले गोल गर्दै पेरुलाई १–१ को बराबरीमा ल्याए । ४० औँ मिनेटमा लापडुलाले नै पेरुलाई २-२ को अग्रता दिलाए ।

    पहिलो हाफको थप गरिएको समयमा पाराग्वे १० खेलाडीमा सीमित भयो । उसका गुस्ताभ गोमेज दोहोरो पहेँलो कार्ड बेहोर्दै मैदान छाड्न बाध्य बने । 

    ५४ औँ जुनियर अलोन्सोले गोल गर्दै पाराग्वेलाई २-२ को बराबरीमा ल्याए । ८० औँ मिनेटमा भिक्टोर योटुनले गोल गर्दै पेरुलाई ३-२ को अग्रता दिलाए । 

    ८५ औँ मिनेटमा पेरु पनि १० खेलाडीमा सीमित बन्यो । उसका अन्द्रे क्यारिलोले दोहोरो पहेँलो कार्ड बेहोरेका हुन् ।

    ९० औँ मिनेटमा गाब्रियल एभालोसले गोल गरेपछि खेल ३-३ को बराबरीमा सकिएको हो । 

    पेरुले सेमिफाइनलमा ब्राजिल र चिलीबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।