आँबुखैरेनी रङ्गशालामा बिरुवा रोपण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    आँबुखैरेनी रङ्गशालामा बिरुवा रोपण

    खबरपुञ्ज संवाददाता

    २१ असार २०७८, सोमबार

    आँबुखैरेनी : तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा रहेको रङ्गशाला वरपर वृक्षारोपण गरिएको छ । रङ्गशाला हराभरा, स्वच्छ र सुन्दर बनाउन विभिन्न जातका बिरुवा रोपिएको हो ।

    गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापा, उपाध्यक्ष पुष्पादेवी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोख्रेल लगायतले वृक्षारोपणको शुभारम्भ गर्नुभएको छ । त्यहाँ लिची, आँप, गुल्मोहर, बेल, अशोका, कल्का लगायतका ६ सय बिरुवा रोपिएको प्रमुख प्रशासकीय अधिकृत पोख्रेलले जानकारी दिनुभयो ।