शिविरमा ८६ घटना दर्ता
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    शिविरमा ८६ घटना दर्ता

    खबरपुञ्ज संवाददाता

    २३ असार २०७८, बुधबार

    ऑबुखैरेनी : ऑबुखैरेनी गाउँपालिकाले सञ्चालन गरेको शिविरमा ८६ व्यक्तिगत घटना दर्ता भएको छ । आइतबारदेखि जारी शिविरको तीन दिनमा ८६ घटना दर्ता भएको हो ।

    पहिलो दिन १७, दोस्रो दिन ३८ र तेस्रो दिन ३१ घटना दर्ता भएको सूचना प्रविधि अधिकृत निरोज श्रेष्ठले जानकारी दिनुभयो । शिविरमा २२ गुनासो दर्ता र एक सामाजिक सुरक्षा भत्ताका लागि विवरण दर्ता भएको छ ।

    दर्ता शिविरमा सहभागी भई विवरण बुझाई घरदैलो सेवाको लाभ लिन गाउँपालिकाले आग्रह गरेको छ । शिविरका क्रममा पायक पर्ने स्थानमा गई व्यक्तिगत घटना (जन्म, मृत्यु, विवाह, सम्बन्धविच्छेद तथा बसाइसराइँ) को विवरण लिने तथा सामाजिक सुरक्षा भत्ता लिन योग्य भई छुटेका लाभग्राहीको विवरण सङ्कलन गरिन्छ ।

    व्यक्तिगत घटना दर्ताको प्रमाणपत्र बालबालिकालाई विद्यालयमा भर्ना गर्न, नागरिकता बनाउन, नाबालक राष्ट्रिय परिचयपत्र बनाउन, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न साथै राज्यबाट पाउने सेवा, सुविधा र हक स्थापना गर्न आवश्यक पर्छ । शिविर असार २५ गतेसम्म सञ्चालन हुनेछ ।