आजै साँझ ७ बजे फेरि बस्नेगरी सकियो एमाले कार्यदल बैठक
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    आजै साँझ ७ बजे फेरि बस्नेगरी सकियो एमाले कार्यदल बैठक

    खबरपुञ्ज संवाददाता

    २३ असार २०७८, बिहीबार

    काठमाडाै : पार्टीभित्र देखिएको विवाद समाधानका लागि नेकपा एमाले कार्यदलको बैठक केहीबेर बसेर सकिएको छ।

    सिंहदरबारस्थित अर्थ मन्त्रालयमा आजै साँझ ७ बजे फेरि बस्ने गरी बैठक सकिएको हो। बैठकपछि कार्यदल सदस्य सुवास नेम्वाङले आन्तरिक तयारी गर्नको बैठकबाट अहिले निस्किएको बताउनुभयाे ।

    ‘विभिन्न आन्तरिक तयारी गर्नुपर्ने भएकोले बैठक केहीबेर बसेर निस्केका हौं। आज साँझ फेरि ७ बजे बैठक बस्नेछ’, उहाँले भन्नुभयाे,‘सम्भवत आजै निष्कर्षमा पुग्नेगरी तयारी गर्नेछौं।’ 

    कार्यदलमा भइरहेको छलफल सहमति उन्मुख भएपछि बुधबार प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच छलफल भएको थियो। तर उक्त छलफलमा कुनै निष्कर्ष निस्किएको थिएन।