कलाले ल्याइन् पातली-३ (भिडिओ सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • मनोरञ्जन

    कलाले ल्याइन् पातली-३ (भिडिओ सहित)

    खबरपुञ्ज संवाददाता

    २ श्रावण २०७८, आईतवार

    तनहुँ : गायिका कला लम्सालले तीज गीत ‘पातली ३’ सार्वजनिक गरेकी छिन् । शिव हमालको लय–शब्द रहेको ‘पातली ३’ गीतको भिडियो कला लम्सालको युट्यूव च्यानलमार्फत् सार्वजनिक भएको हो । गीतमा कला लम्सालसँगै अन्जली अधिकारी , करिश्मा ढकाल साथमा लोमस शर्माको अभिनय गरेका छन् । अघिल्ला वर्षमा ‘पातली गीत’लाई सबैले रुचाएपछि उनले पातली २ हुँदै यस वर्ष ‘पातली ३’ सार्वजनिक गरेकी हुन् ।

    यो वर्षको तीज पर्वलाई लक्षित गरी नयाँ र विशेष गीतको रुपमा ‘पातली ३’ सार्वजनिक गरिएको गायिका लम्सालले बताईन् । शिव हमालले गाउँमा बोलिने टिपिकल शब्दलाई कलात्मक रुपमा उतारेका छन् । तनहुँको थर्पुमा जन्मिएकी लम्साल पछिल्लो समय नेपाली लोक गायन क्षेत्रमा उदाउँदो नाम बनाउन सफल भएकी छन् ।

    मौलिक गीत गाउने गायिकाको रुपमा चिनिएकी गायिका लम्सालले यसअघि ‘छड्के तिलहरी’, ‘छड्के तिलहरी–२’, ‘महारानी, पातली १ र २ ’ लगायतका तीज गीत बजारमा ल्याएकी थिईन्् । कलाका १२ वटा भन्दा बढी एल्बम बजारमा आइसकेको छ भने दुई दर्जनभन्दा बढी गीतहरुमा आवाज दिइसकेकी छिन् ।

    उनले पुरुषोत्तम न्यौपानेसँग गाएको ‘तराई आँगन हिमालको छाना छ, कसले भन्यो हाम्रो देश सानो छ’ बोलको देशभक्ति गीत पनि चर्चामै रहेको थियो । हरितालिका तीज लोक संस्कृतीको जर्गेना गर्ने पर्व भएकाले आफूले मौलिक गीतलाई प्राथमिकता दिदै आएको गायिका लम्सालले बताइन । उनले तीज सँग नेपाली महिला तथा संस्कृतीको सम्बन्ध रहेको हुनाले परम्परा संरक्षण गर्नका लागि मौलिक गीतको निर्माण तर्फ लागेको बताईन् । तनहुँमा जन्मिएकी कला हाल काठमाडौँमा सांगीतिक क्षेत्रमा संघर्षरत छिन् । सुन्दरी गायिकाको रुपमा परिचय कलाका हजारौँ फ्यान छन् । उनी गायनमा मात्र होइन्, मोडलिङमा पनि उत्तिकै जम्छिन् । उनले सांगीतिक क्षेत्रमा अझै अघि बढ्दै जाने र सांगीतिक क्षेत्रलाई अघि बढाउने योजना छ ।