“विचरा यो लोग्ने मान्छेलाई कति गाह्रो परेको होला?कसरी सम्हालेका छौ यो सबै?कति दुःख पायौं नि तिमीले?”आमाले म प्रति सहानुभूति व्यक्तगर्दै थुप्रैपटक यसो भनिरहनुभयो । छिमेकीहरु पनि यसरी नै एक आपसमा कुरा गर्न थाले ।प्रायः सबै इष्टमित्र, साथीभार्ईले करिव–करिव यस्तै खाले सहानुभूतिव्यक्त गरे ।
गत महिना मेरो परिवारका चार जना सदस्यलाई एकैचोटी कोभिड संक्रमण भयो ।सानी एक वर्षे नातिनीलाई छोराले छुट्टै हेरचाह ग¥यो । उनलाई खुवाउने, पियाउने दिशा–पिसाव सफागर्ने, कपडा धुने, खेलाउने,फकाइ फुल्याइ गर्ने, सुताउने सबै उसले एक्लै गर्दै थियो । मेरी श्रीमती, बुहारी र सहयोगी बहिनी घरको अलग्गै तलामा आइसोलेसनमा बसेका थिए । घरका सवैपरिवारलाई खाना पकाउने, भाँडा माझ्ने, घर सफागर्ने, पोछा लगाउने, डाक्टरसँग सम्पर्क गरी औषधीको व्यवस्था गर्ने, परिवारको निम्ति खाद्यान्न लगायतका सरसमान खरिद गर्ने, करेसाबारीमा तरकारी लगाउने, गोडमेल गर्ने, ताजा अर्गानिक सागसब्जी पकाउएर पस्किने लगायतका सबै कामहरु मेरो जिम्मामा थिए ।म विहान पाँच बजे उठेर यी सबै कामधन्दा सकेर करिव १० बजे कार्यलय पुगिसक्नुपथ्र्यो ।
यसरी म खाना, औषधीपानी, सरसफाई सबै व्यवस्था मिलाइसकेर चिल्डे«न–नेपाल संस्थासँग आवद्ध सेवाग्राहीको काममा निस्कन्थें । आषाढ महिनामा कडा बन्दाबन्दी अलि खुकुलो भएकाले सेवाग्राहीहरुलाई औषधी, खाद्यान्नवितरणको व्यवस्था मिलाउनु थियो । संस्थाका कार्यसमिति सदस्य, जनप्रतिनिधी र सेवाग्राहीसँगको सहकार्य र तालमेल मिलाई समय, स्थान टुङ्गो लगाई सेवाग्राहीलाई समयमै अत्यावश्यक चीजहरु उपलब्ध गराउनु प¥र्यो । कतिपय कर्मचारी साथीहरु आफैँ कोेभिड संक्रमित भएकाले संस्थामा पनि सहयोगी हातको कमी थियो । यसै बेला हामीले विगत लामो समयदेखि सञ्चालन गरिरहेको एउटा कार्यक्रमको मुल्याङ्कन गर्ने टोली पनि आएका हँुदा त्यता पनि समय दिनु थियो । चिल्डे«न–नेपालले नै संयोजन गरिरहेको सडक बालबालिका पुनस्र्थापना केन्द्रका बालबालिकाको हेरचाह, त्यहाँको पूर्वाधार निर्माण, पाल्पादेखि समान ल्याएर सिकाई स्रोत केन्द्रको स्थापना, नयाँ परियोजना लेखन, प्रतिवेदनतयारी लगायतकादर्जनौँ महत्वपूर्ण कामका निम्ति समय व्यवस्थापन नगरि उपाय थिएन ।
केही हप्ता अघि म आफँै कोभिड संक्रमित भई निको भएको भएपनि त्यसबाट उब्जिएको शारीरिक कमजोरीले साथ छोडेको थिएन। ढाड दुख्ने, बेला बेला रिंगटा लाग्ने, शरीरगल्ने भइरह्यो ।अहिले पनि छ ।कोभिडले छोरालाई पहिल्यै गाँजेर उपचारपछि भर्खर–भर्खर तङ्ग्रिएको थियो । उ पनि अझै शारीरिक रुपले कमजोर नै छ ।
घरबाहिरका मेरा यी व्यस्तता र एक स्तरको तनावघर आइसोलेसनमा बसिरहेका महिलाहरुले थाहा पाइआएकै हुन् । त्यसैले वहाँहरुलाई पक्कै चिन्ताथियो होला– अब घर कसरी सम्हालिएला?हाम्रो हेरचाह कसले गर्ला? सानीनानीको के हालहोला? घरमा भएका दुई छोरा मान्छेले यो भवसागर कसरी पार लाउलान्?वहाँहरु सबैजना बेलुका देखि आइसोलेसनमा बस्नु भएको थियो । भोलीपल्टविहानै मैले गीत गुनगुनाउँदै, हँसिलो अनुहार देखाउँदै तात्तातो खाजा लिएर जाँदा वहाँहरु सबैजना छक्क परेको, अचम्भित भएको प्रष्टै देखियो । आइसोलेसन अवधिभर मैले मेरो छोराको सहयोगमा हाम्रो परिवारका महिला सदस्यहरुको सेवामा त्यसरी नै दिनहरु विताएँ– विहान पाँचबजेदेखि उठेर घरधन्धा गर्ने, सरसफाई गर्ने, खाजा, खाना, पानी, औषधी तयार गरेर वहाँहरुलाई खानदिने, १० बजेतिर कार्यलय पुगेर दिनभर कामगर्ने अनि बेलुकाफर्किएर फेरि घरधन्धामा लाग्ने । सबै काम सकेर आराम गर्ने बेला हुँदा अर्दा बेलुकाको कहिले ११, कहिले १२ बजिसकेको हुन्थ्यो ।
मैले यो परिस्थितिलाई सेवाको अवसरको रुपमा लिएँ । घरका सवै काममा मैले माया, प्रेम मिसाएर गर्न थालें । तरकारी कट्दा तरकारीमा,खाना पकाउँदा खानामा मेरो माया मिसाउँदै गएँ । पस्केको खाना दिँदा पनि मेरो माया मिसाउँदै दिएँ । भाँडा माझ्दा, घरको सरसफाई गर्दा, करेसा बारीमा तरकारी लगाउदा, गोडमेल गर्दा त्यसैमा ध्यान केन्द्रित गरी राम्रो सँग गर्ने बानी बढ्दै गयो, मनको एकाग्रता बढ्न थाल्यो । सेवाग्राहीको, घरपरिवारको र मेरो आफ्नै परिस्थिति प्रति माझन् करुणा र लगाव जागृत भएको अनुभव गर्न थाले । त्यसैले मलाई शान्त भएर खुशीले आफ्नो कर्तव्य निर्वाह गर्ने उत्साह जाग्यो । पहिला–पहिला कहिले काँही हुने चिड चिडाहट र असहजपन हराएर रमाउँदै, प्रशन्न रहेर काम गर्ने बानी बस्दै गएको छ ।
मेरो यस्तो अभ्यास र व्यवहारले पनि योगदान पुगेर होला सायद, हाम्रो घरपरिवारमा नकरात्मकता बढ्न पाएन, बरु अलिअलि भएको नकारात्मकता पनि हट्दै गयो । करुणा मिसिएको सद्भावपूर्ण व्यवहार र सकारात्मक दृष्टिले गर्दा कोरोनाबाट संक्रमित परिवारका सदस्यलाई छिटो र अलि सजिलोसँग निको हुन सहयोग पुग्यो जस्तो लाग्छ। डाक्टरको सल्लाहमा घरमै उपचार गर्दा वहाँहरु निको हुनुभएको छ । हामी सबैजना कोरोनालाई जित्न सफल भएका छौँ ।
हुन त म पहिला देखि नै आफ्नो कामआफै गर्ने, घर व्यवहारका दैनिक कामकाजमा सरसहयोग गर्ने गरिरहेकै थिएँ । यो कुरा सानै देखि सिक्ने अवसर आमाले दिनु भएको थियो । बुवालामो समय काममा बाहिर हुनुभएको, बुढी भएकी हजुरआमा, सानासाना चारभाई बहिनीको परिवारमा आमाले घर सम्हाल्नु पर्दा म वहाँको सहयोगी थिएँ । गाउँमा ढिकी जातो, पानी पधेंरो, खेतीपातीमा सहयोग गर्दै विद्यालय पढ्दा सहयोगीहुने कुरा सिकेको थिएँ । सानोमा सिकेको र जीवनमा अभ्यास गर्दै गएको कुराले अगाडि आउने परिस्थितिलाई सामनागर्न मलाई सजिलो बनाएको छ ।
चिल्डे«न–नेपालको स्थापना गरी विगत २७वर्ष देखि हजारौं विपन्न बालबालिका र तिनका परिवारको सेवामा लागि रहँदा थुप्रै अप्ठारा परिस्थितिहरुसँग साक्षत्कार हुनु परेको छ । ती अवसरहरुले आफूमा सद्भाव, करुणा र प्रेम बढाउने र सेवाप्रति सच्चा मनले लगनशील हुने उर्जा र प्रेरणा थपिरहेको अनुभूति भएको छ ।
मैले करुणामयी हुने सचेत अभ्यास गरिरहँदा ममा सकारात्मक सोचाईहरु नै बढी आए, नकारात्मकताले टाउको उठाउने मौका खासै पाएन । मेरो अनुहार हँसिलो भयो, शरीरमा एकप्रकारको उर्जा र स्फूर्ति सञ्चार भइरह्यो । मेरा आँखाले अरुलाई सहृदयी रुपले हेर्न थाले । कानले उत्सुकतापूर्वक, विनापूर्वाग्रहसुन्नुपर्छ भन्ने बोध बढ्न लाग्यो । मेरा मुखबाट निस्कने शब्दहरु पनि पहिले भन्दा नरम र सरल भएको अनुभूति गर्दै छु । यसको निरन्तर अभ्यासले मेरो छिटो–छिटो प्रतिक्रिया दिने, सानो कुरामा मन दुखाउने कुरा घट्दै गएको हुँदा आफू वा अरुको पिडा न्युनिकरण गर्न रचनात्मक रुपले सक्रियहुने बानी बढ्दै गएको अनुभव गरेको छु ।
यस्तो अभ्यास हाम्रो जस्तो छोराछोरी, महिलापुरुष बीचहुने भेदभाव भनौँ वा जातजाती तथा सानो ठूलोको आधारमा हुने भेदभाव न्यूनिकरण गर्ने एउटा राम्रो उपाय हो भन्ने मेरो बुझाइ छ । यसरी करुणामयी भई आफ्नो जीवनलाई आनन्दित र खुशी बनाउन सक्दा आफू वरपरका मानिसहरुलाई पनि खुशी दिन र सम्बन्धहरु सुमधुर बनाउन सकिने रहेछ भन्ने कुरामा मलाई विश्वास लागेको छ ।
धन्यवाद !
(लेखक : मनोसामाजिक विमर्श र शान्तिको संस्कृति निर्माणका अन्तराष्ट्रिय सहजकर्ता र चिल्ड्रेन नेपालका कार्यकारी निर्देशक तथा संस्थापक अध्यक्ष हुन्)