चल्न थाले फेसबुक, ह्वाट्सएप र इन्स्टाग्राम
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • विदेश

    चल्न थाले फेसबुक, ह्वाट्सएप र इन्स्टाग्राम

    खबरपुञ्ज संवाददाता

    १९ आश्विन २०७८, मंगलवार

    एजेन्सी : सामाजिक सञ्जाल सेवाप्रदायक फेसबुक, ह्वाट्सएप र इन्स्टाग्राम ६ घण्टा लामो समय ‘डाउन’ भएपछि सेवामा फर्किएका छन् ।

    फेसबुकको स्वामित्वमा रहेका तीन सामाजिक सञ्जाल सेवाहरु बिस्तारै पुनः सेवामा फर्किएका हुन् । तीन सामाजिक सञ्जालमा वेब वा स्मार्टफोन एप्लिकेशनबाट पहुँच बन्द भएको थियो ।

    डाउनडिटेक्टरका अनुसार यो अहिलेसम्मकै ठूलो असफलता हो । विश्वभरबाट १०.६ बिलियन समस्याहरु रिपोर्ट भएको डाउनडिटेक्टरले जनाएको छ । डाउनडिटेक्टरले ‘आउटेज’ लाई ट्रयाक गर्ने गर्छ ।

    यसअघि सन् २०१९ मा फेसबुकमा यस्तै समस्या आएको थियो, डाउन भएको थियो । सोमबार राति पौने १० बजेतिरदेखि फेसबुक, ह्वाट्सएप र इन्स्टाग्राममा पहुँच बन्द भएको थियो ।

    पूर्ण तहको सेवा फर्किन केही समय लाग्न सक्ने फेसबुकका प्रमुख प्राविधिक अधिकृत माइक स्क्रोएप्फेरले बताएका छन् ।