सर्वोच्चका १४ न्यायाधीशको निर्णय– राणाले बोलाएको फूलकोर्ट बहिस्कार, भोलि ११ बजेदेखि छुट्टै बैठक, इजलास अनिश्चित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    सर्वोच्चका १४ न्यायाधीशको निर्णय– राणाले बोलाएको फूलकोर्ट बहिस्कार, भोलि ११ बजेदेखि छुट्टै बैठक, इजलास अनिश्चित

    खबरपुञ्ज संवाददाता

    ६ कार्तिक २०७८, आईतवार

    काठमाडौ : सर्वोच्च अदालतका १४ जना न्यायाधीश प्रधानन्यायाधीशले भोलिका लागि बोलाएको फूलकोर्ट बैठकमा सहभागी नहुने भएका छन् ।

    १४ न्यायाधीशको आइतवार बसेको बैठकले भोलि बिहान ११ बजेपछि छुट्टै छलफल गर्ने निर्णय पनि गरेको छ । जसका कारण भोलिको इजलास अनिश्चित बनेको छ ।

    इजलास शुरू हुनुपर्ने समयमा न्यायाधीशहरूको बैठक बस्ने भएपछि इजलास अनिश्चित बन्ने भएको हो ।

    नेपाल बार एसोसिएसनका प्रतिनिधिसँगको भेटपछि प्रधानन्यायाधीश जबराले सोमवारका लागि फूलकोर्ट बैठक बोलाएका थिए ।