दक्षिण कोरियामा २० महिनापछि कामदार पठाउन सुरु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    दक्षिण कोरियामा २० महिनापछि कामदार पठाउन सुरु

    खबरपुञ्ज संवाददाता

    ९ कार्तिक २०७८, मंगलवार

    काठमाडाै : नेपाली कामदारको आकर्षक गन्तव्य मानिएको दक्षिण कोरियामा २० महिनापछि कामदार पठाउने काम सुरु भएको छ । रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत भाषा र सीप परीक्षा उत्तीर्ण गरेका श्रमिकहरु कोरिया जाने गरेकामा २० महिनादेखि रोकिएको थियो ।

    श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ किसानको विशेष पहलमा दक्षिण कोरियामा कामदार पठाउने काम सुरु भएको हाे । लामो समयदेखि रोकिएको प्रक्रिया खुलेपछि श्रमिकहरुमा खुसीको सञ्चार भएको छ ।

    पहिलो चरणमा ४८ जना श्रमिकहरु भोलि बुधबार साँझ कोरिया जाँदैछन् । साँझ ७ बजेको उडानमार्फत कोरिया जाने श्रमिकहरुलाई दिउँसो ३ बजे मन्त्रालयका अधिकारीहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाइ गर्ने कार्यक्रम रहेको मन्त्री श्रेष्ठका प्रमुख स्वकीय सचिव जगत खड्काले जानकारी दिए ।