मंसिर १ गतेबाट लागू हुने गरी विद्युत महशुल घट्ने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    मंसिर १ गतेबाट लागू हुने गरी विद्युत महशुल घट्ने

    खबरपुञ्ज संवाददाता

    ८ कार्तिक २०७८, मंगलवार

    काठमाडौ : सरकारले यही मंसिर १ गतेबाट लागू हुने गरी विद्युत महशुल घटाउने भएको छ । विद्युत नियमन आयोगको हिजो साँझ बसेको बैठकले मासिक २० युटिनसम्मको खपत निः शुल्क बनाउने निर्णय गरेको हो ।

    काठमाडौंमा आज आयोजित कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालले मंसिर १ गतेबाट लागू हुने विद्युत महशुल दर घटाउने निर्णय गरिएको जानकारी दिनुभयो ।

    यसअघि प्रतियुनिट १२ रुपैयाँ रहेको शुल्कमा १ रुपैयाँ घटाएर ११ रुपैयाँ बनाइएको छ ।

    आयोगले पछिल्लो पटक गरेको विद्युत् महशुल निर्धारणमा यसअघि मासिक १० युनिटसम्म खपत गर्ने घरायसी ग्राहकलाई निः शुल्क विद्युत् दिनुपर्ने व्यवस्था गरेको थियो । सो व्यवस्थालाई १० युनिट थप गर्दै २० युनिट पुर्‍याइएको हो ।