दुलेगाैडा : तनहुँको शुक्लागण्डकी नगरपालिकाले हरिबोधनी एकादशीको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । नगरपालिकाको आइतबार बसेको बैठकले हरिबोधनी एकादशीको अवसरमा सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
नगरपालिकाले विगत दुईवर्षदेखि हरिबोधनी एकादशीको दिनमा सार्वजनिक बिदा दिन थालेको छ । नगरपालिकाका प्रवक्ता खिमबहादुर कुमालले उक्त दिन नगरपालिका अन्तर्गतका कार्यालय र विद्यालय बन्द रहने जानकारी दिए ।
दुलेगौँडा पुल्चोकस्थित सेती नदी किनारमा फूलको तोरण तार्ने र स्नान गर्न आउने श्रद्धालु भक्तजनको विशेष ओइरो लाग्छ । मोक्ष प्राप्तिको आस्थाले छिमेकी जिल्ला स्याङ्जा र कास्की विभिन्न स्थानबाट पनि भक्तजन यहाँ आउने गर्दछन् ।