प्रदेश १ को कांग्रेस सभापतिमा देउवा पक्षका थापाले पौडेल पक्षका घिमिरेलाई २ मतले हराए
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    प्रदेश १ को कांग्रेस सभापतिमा देउवा पक्षका थापाले पौडेल पक्षका घिमिरेलाई २ मतले हराए

    खबरपुञ्ज संवाददाता

    २० मंसिर २०७८, सोमबार

    काठमाडौं : नेपाली कांग्रेस प्रदेश १ को सभापतिमा सभापति शेरबहादुर देउवा (संस्थापन) पक्षका उद्धव थापा विजयी भएका छन् । उनले रामचन्द्र पौडेल पक्षका गुरुराज घिमिरेलाई दुई मत अन्तरले हराएका हुन् ।

    थापालाई कृष्णप्रसाद सिटौला पक्षको पनि साथ रहेको थियो ।  थापाले ८४४ ल्याएका छन् भने घिमिरेले उनीभन्दा दुई मात कम अर्थात् ८४२ मत पाएका छन् ।  यस्तै, पदाधिकारीमा पनि एक महामन्त्रीबाहेकका सबै पदमा संस्तापन पक्ष नै विजयी भएको छ ।

    उपसभापतिमा संस्थापन पक्षका रमेशजंग रायमाझी र टंकप्रसाद राई विजयी भएका छन् । रायमाझीले ८९१ तथा राईले ८४७ मत प्राप्त गरे । संस्थापन इतरका उम्मेदवार गोविन्दप्रसाद ढुंगानाले (केदार)ले ७६५ तथा विश्वनाथ रिजाल (त्रिलोचन)ले ६६९ मत ल्याए ।

    महामन्त्रीमा संस्थापन पक्षका भूपेन्द्र राई ८२४ र संस्थापन इतरका उमेश थापा ८२३ मतसहित विजयी भएका छन् । महामन्त्रीका अन्य उम्मेदवार पदमसुन्दर पालुङ्गवाले ८०७ र दीपनकुमार श्रेष्ठले ७६४ मत प्राप्त गरेका छन् ।

    यसैगरी, सहमहामन्त्रीमा खड्ग फागो १०२६ मतसहित विजयी भए । अर्की सहमहामन्त्री पदमा प्रमिल गच्छदार ८३७ मतसहित विजयी भइन् ।

    अन्य सहमहामन्त्रीका उमेद्वारमा विनोदकुमार बस्नेतले ७४७, सीता कार्कीले ७३३, रोहितकुमार साहले ६६५, वीरकाजी राईले ६४७ र शुभन्द्र राईले ८४ मत पाए ।