सत्ता गठबन्धन राष्ट्रिय सभा चुनावसम्मका लागि मात्रै : प्रधानमन्त्री देउवा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    सत्ता गठबन्धन राष्ट्रिय सभा चुनावसम्मका लागि मात्रै : प्रधानमन्त्री देउवा

    खबरपुञ्ज संवाददाता

    १९ मंसिर २०७८, सोमबार

    काठमाडाै : प्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेको सत्ता गठबन्धन राष्ट्रिय सभा चुनावसम्मका लागि मात्रै रहेको बताएका छन् ।

    प्रधानमन्त्री निवास बालुवाटारमा बिहान सञ्चारकर्मीसँगको कुराकानीमा देउवाले राष्ट्रिय सभा चुनावपछि गठबन्धन के हुने भन्नेबारे छलफल नभएको बताए । आउँदो माघ १२ गते राष्ट्रिय सभाको चुनाव हुँदैछ । राष्ट्रिय सभाका २० सदस्यको पदावधि आउँदो फागुन २० गते सकिँदैछ ।

    २० सदस्यमध्ये एक जना राष्ट्रपतिबाट मनोनित हुने छन् भने १९ पदका लागि चुनाव हुनेछ । यस्तै, नेपाली कांग्रेसको सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले एक पटक फेरि आफूले सभापति भएर काम गर्न चाहेको बताए । यसका लागि सहयोग गरिदिन उहाँको आग्रह छ ।

    यस्तै, कोरोना भाइरसको नयाँ भेरियन्टको जोखिम बढेकाले कांग्रेसको आसन्न १४ औँ महाधिवेशनमा शक्ति प्रदर्शन नगर्ने पनि उनकाे भनाइ छ ।