टिपरले अटोरिक्सालाई ठक्कर दिँदा बाबु-छोराको घटनास्थलमै मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    टिपरले अटोरिक्सालाई ठक्कर दिँदा बाबु-छोराको घटनास्थलमै मृत्यु

    खबरपुञ्ज संवाददाता

    २० मंसिर २०७८, सोमबार

    बुटवल : सोमबार प्यूठानमा टिपरले अटोरिक्सालाई ठक्कर दिँदा अटोरिक्सा सवार बाबु–छोराको घटनास्थलमै मृत्यु भएको छ ।

    प्रहरीका अनुसार मृत्यु हुनेमा प्युठान नगरपालिका–३ घुर्चनेका ३५ वर्षका अमृत थापा र उनका ४ बर्षका छोरा सुशान्त थापा रहेका छन् ।

    चकचकेबाट बिजुवारतर्फ जाँदै गरेको न ८ ख ३९०३ नम्बरको टिप्परले रा १ ह ५७०७ नम्बरको अटोरिक्सालाई माण्डवी गाउँपालिका–५ चकचके–चेरनेटा सडक खण्डमा ठक्कर दिएकाले थियो ।

    टिपर अटोरिक्सालाई ठक्कर दिँदा सवार रहेका प्यूठान नगरपालिका–३ कि ८ वर्षकी दुर्गा थापा, ३० बर्षकी पुनम थापा, १६ बर्षकी विपना थापा र १० बर्षकी सुष्मा थापा घाइते भएका छन् । जिल्ला अस्पताल बिजुवारमा उनीहरुको उपचार भइरहेको प्रहरीले जनाएको छ ।