मेस्सी र एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    मेस्सी र एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

    खबरपुञ्ज संवाददाता

    २१ मंसिर २०७८, बुधबार

    एजेन्सी : यूईएफए च्याम्पियन्स लिगमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले सानदार जित निकालेको छ । गएराति भएको खेलमा पीएसजीले ब्रुगलाई ४–१ गोल अन्तरले पराजित गरेको हो ।

    पीएसजीलाई सानदार जित दिलाउनको लागि लियोनेल मेस्सी र किलीयन एमबाप्पेल समान २-२ गोल गरे । ब्रुगको लागि माट्स रिट्सले सान्त्वना गोल गरे ।

    खेल सुरु भएको दोस्रो मिनेटमै एमबाप्पेले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । त्यसको ५ मिनेटपछि नै एमबाप्पेले पीएसजीको अग्रता दोब्बर पारे ।

    खेलको ३७ औं मिनेटमा मेस्सीले गोल गर्दै पिएसजीलाई ३-० को अग्रता दिलाए । दोस्रो हाफको ६७ अ‍ौं मिनेटमा पाहुना टोलीका लागि माट्स रिट्सले एक गोल फर्काए ।

    ७६ अ‍ौं मिनेटमा पेनाल्टीमार्फत मेस्सीले गोल गर्दै पीएसजीलाई सानदार जित दिलाए । मेस्सीलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि दिइएको पेनाल्टीलाई उनी आफैंले प्रहार गरेका थिए ।

    यो जितसँगै पिएसजी दोस्रो स्थानमा रहँदै अन्तिम १६ मा प्रवेश गरेको छ । पिएसजीले ६ खेलबाट ११ अंक जोडेको छ । क्लब ब्रुगा भने ६ खेलमा ४ अंकसहित पुछारमा रहयो । म्यानचेस्टर सिटी शीर्षस्थानमा रहँदै नकआउट चरणमा पुगेको छ ।