काठमाडौं । कांग्रेसले १४औँ महाधिवेशनको लागि आचार संहिता जारी गरेको छ । केन्द्रीय निर्वाचन समितिले आचार संहिता जारी गर्दै मतदानस्थलभित्र प्रवेश गर्दा मोबाइल फोन लिएर जान नपाइने भनेको छ ।
आफ्नो उमेदवारीको प्रचार प्रसार गर्दा भिजिटिङ कार्ड, सामान्य अपिल वितरण गर्न सकिने कांग्रेसले जनाएको छ । कसैको पनि व्यक्तिगत चरित्रमा लान्छना लाग्ने गरी प्रचार गर्न नपाइने निर्वाचन समितिले जारी गरेको आचार संहितामा उल्लेख छ ।
मर्यादित, अनुशासित र संयमित भई शान्तिपूर्ण तरिकाले निर्वाचन प्रचार प्रसार गर्न पनि समितिले अनुरोध गरेको छ ।