काठमाडौ : नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य ध्रुव वाग्लेले १४ औ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। शुक्रबारदेखि सुरु हुने महाधिवेशनमा वाग्लेले गण्डकी प्रदेश अन्तरगत केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।
तनहुँका पूर्व पार्टी सभापति तथा संविधानसभा सदस्य समेत रहेका वाग्ले पार्टीका सभापति शेरबहादुर देउवाको विश्वासपात्र हुन् । वाग्ले यतिखेर काठमाडौंमा महाधिवेशन प्रतिनिधिसँग भेटघाटमा व्यस्त छन्।