देउवा समूहमा बढ्यो असन्तुष्टि, प्रदीप रोक्न बालुवाटारमा डेलिगेसन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    देउवा समूहमा बढ्यो असन्तुष्टि, प्रदीप रोक्न बालुवाटारमा डेलिगेसन

    खबरपुञ्ज संवाददाता

    २४ मंसिर २०७८, शनिबार

    काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षमा अअसन्तुष्टि बढेको छ । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासँग चुनावी सहकार्य गर्ने सभापति शेरबहादुर देउवाको तयारीप्रति संस्थापन पक्षका नेता कार्यकर्ताहरुले असन्तुष्टि व्यक्त गरेका छन् ।

    सभापति देउवाले सिटौलासँग सहकार्य गर्दै युवा नेता प्रदीप पौडेललाई महामन्त्रीको उम्मेदवार बनाउने चर्चा चलेसँगै देउवा समूहका नेताहरु असन्तुष्ट बनेका हुन् ।

    महामन्त्रीका आकांक्षीका रुपमा रहेका गृहमन्त्री बालकृष्ण बालकृष्ण खाँण, एनपी साउद, शंकर भण्डारी, सुरेन्द्रराज पाण्डे, गोविन्द भट्टराई लगायतका नेताहरुले प्रदीपलाई महामन्त्री बनाए ‘प्रत्युत्पादक’ हुने चेतावनी दिएका छन् । उनीहरुले लामो समयदेखि टिममा दुःख गरेका नेताहरुलाई पन्छ्याउँदा आन्तरिक एकता खल्बलिन सक्नेप्रति सभापति देउवालाई सचेत गराएका छन् ।

    गए रातिदेखि अहिलेसम्म नै बालुवाटारमा सिटौला समूहलाई महामन्त्री नदिन नेता कार्यकर्ताहरुले दवाव दिइरहेका छन् । ‘तनुहँ, लुम्बिनी र सुदूरपश्चिमका नेता कार्यकर्ताहरुले टिम बाहिरबाट महामन्त्रीको उम्मेदवार नछान्न दबाब दिनुभएको छ । महामन्त्री छाड्दा प्रत्युत्पादक हुनसक्ने चेतावनी दिइएको छ’, बालुवाटार स्रोतले भन्यो । प्रदीपलाई महामन्त्री बनाउँदा संस्थापन पक्षका अधिकांश सिनियर नेताहरुमाथि अन्याय हुने उनीहरुको दाबी छ ।

    ‘प्रदीपजीबारे हाम्रो केही गुनासो छैन । समस्या त हाम्रो टिमभित्रको हो । सधै अरुका लागि हिड्नेलाई मात्रै अवसर दिने कुरा मान्य हुँदैन’, देउवा टिमका एक नेताले भने ।

    सभापति देउवा र नेता सिटौलाबीच महामन्त्रीमा पौडेल, सह–महामन्त्रीमा उमाकान्त चौधरीसहित सिटौला पक्षका ३० जनालाई केन्द्रीय सदस्य बनाउने सहमति बनेको बताइन्छ । (नेपाल प्रेस)