आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिकामा मंसिर २९ गतेदेखि मतदाता नामावली संकलन गरिने भएको छ । जिल्ला निर्वाचन कार्यालयले दोस्रो चरण अन्तर्गत सञ्चालन गर्न लागेको मतदाता नामावली संकलन अभियान पुस ९ गतेसम्म सञ्चालन हुनेछ ।
यसका लागि गाउँपालिकाले वडालाई गते अनुसारको समय निर्धारण गरेको छ । गाउँपालिकाका सूचना प्रविधि अधिकृत एवं निर्वाचन सम्पर्क व्यक्ति निरोज श्रेष्ठका अनुसार वडा नम्बर ३ का लागि मंसिर २९ र पुस १, वडा नम्बर ४ का लागि पुस २ र पुस ३, वडा नम्बर २ का लागि पुस ४ र ५, वडा नम्बर १ का लागि पस ६ र पुस ७ गते र छुट भएका सबै व्यक्तिलाई पुस ८ र ९ गते निर्धारण गरिएको छ । वडा नम्बर ५ र ६ को भने सबै दिनमा नाम दर्ता गरिनेछ ।